‘विज्ञान, प्रविधि र नवप्रर्वन’ मा नामले उच्च प्राथमिकता दिनुपर्छ : प्रधानमन्त्री दाहाल

Sharing is caring!

माघ ५, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान विश्वमा ‘गेम चेन्जर’का रूपमा देखा परेका ‘विज्ञान, प्रविधि र नवप्रर्वन’ मा असम्लग्न आन्दोलन (नाम) ले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।

‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ भन्ने नाराका साथ सुरु भएको ‘नाम’ को १९औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले विकासशील र अल्पविकसित देशहरूका संस्थागत बाधाहरूलाई सम्बोधन गर्न ‘नाम’ ले ‘विज्ञान, प्रविधि र नवप्रर्वन’ उच्च प्राथमिकता बताए ।

उनले भने, ‘विकासशील र अल्पविकसित देशहरूले सामना गरिरहेका संस्थागत र क्षमताका बाधाहरूलाई सम्बोधन गर्न ‘नाम’ ले ‘विज्ञान, प्रविधि र नवप्रर्वन’ उच्च प्राथमिकता दिनुपर्छ ।’ ‘नाम’ का धेरै सहयात्री देशहरूले सामाजिक–आर्थिक र प्राविधिक विकासमा उल्लेखनीय प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उत्तर–दक्षिण र त्रिपक्षीय सहकार्यका साथै दिगो विकासका लागि साधन र स्रोतको कमी न्यूनीकरण गर्न दक्षिण–दक्षिण सहयोगलाई अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

विश्वव्यापीकरण विश्वास गरिए अनुरुप अगाडि नबढेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसले आयमा असमानता र थोरै मानिसहरू र थोरै देशरूको हातमा सम्पत्ति केन्द्रित गरेको उल्लेख गरे । ‘नाम’ले दिगो विकासका लागि सन् २०३० को मुद्दा र अन्य अन्तर्राष्ट्रिय रूपमा सहमत विकासका लक्ष्यहरूको समयमै उपलब्धिमार्फत दक्षिण विश्वको आर्थिक विकास र समृद्धिमा जोड दिनुपर्ने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *