बचत रकम फिर्ता माग्दै सहकारीपीडितको सभा प्रदर्शन

Sharing is caring!

चैत १, २०८० । सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले संस्थाहरुमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै दबाबमूलक सभा कार्यक्रम गरेको छ । देशभरका लाखौं बचतकर्ताले सहकारीमा राखेको पैसा फिर्ता नपाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शनसहित सभा गरिएको हो ।

प्रदर्शनमा निस्किएकाहरु काठमाडौंका कालिमाटी, गोंगबु, शंखपार्क र जावलाखेलबाट भृकुटीमण्डप आए । उनीहरुले बचतकर्ताको पैसा हिनामिना गर्ने सहकारी सञ्चालकमाथि कारबाहीको माग गर्दै नाराबाजी गरे ।

कार्यक्रममा गुडविल सहकारीमा ८ लाख बचत गरेर फिर्ता नपाएका श्यामबहादुर राईले लाखौं जनताले गरेको बचत लिएर फरार सहकारी सञ्चालकहरुलाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाए । सर्वसाधारणको पैसा हिनामिना गर्नेलाई तुरुन्त कारबाहीको दायरामा ल्याएर रकम फिर्ता गर्न उनले माग गरे ।

उनले भने,‘म गुडविल सहकारी पीडित हुँ । लाखौं जनताहरुले सहकारीमा बचत गरेका छन् । आज सञ्चालकहरु कहाँ भागेका छन् थाहा छैन । तिनीहरुलाई किन संरक्षण गरिरहेको छ सरकारले ? सरकारले तुरुन्त सञ्चालकहरुलाई कारबाहीको दायरामा ल्याएर हामी बचतकर्ताहरुको रकम फिर्ता गर्नुपर्छ । मेरो ८ लाख रकम छ । सबैको बचत ७९ करोड रुपैयाँ थियो गुडविल सहकारीमा ।’

राईका अनुसार गुडविल सहकारी सञ्चालक दिवाकर श्रेष्ठ बिगत तीन वर्ष देखि जेलमा छन् । सहकारीको रकम आफूसँग नभएको दाबी उनले गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *