हेटौंडा बजारको सडक विस्तार चैत्रबाट सुरु हुने

Sharing is caring!

माघ ५, २०८० । लामो समयबाट विवादित हेटौंडा बजार क्षेत्रको सडक विस्तार अभियान चैत्र महिनाभित्र सुरु हुने भएको छ ।

डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख राजेश यादवले सडक विस्तारको कामले अब गति लिने बताएका छन् ।
यादवले आफुहरुले विस्तारको लागि लाग्ने खर्चको प्रस्ताव मन्त्रालयमा पेश गरिसकेको बताए । घर टहरा भत्काउनको लागि सरकारले खर्च व्यवस्थापन गर्ने वित्तिकै काम सुरु गर्न सकिने उनले बताए ।

सडक विस्तारको सवालमा आफुहरु गम्भीर भएर लागिरहेको बताउँदै उनले सर्वोच्च अदालतले रिट निबेदनलाई अस्विकृत गरिदिएपछि विस्तारको बाधा अड्चन फुकुवा भएको बताए । अब सडक कहिलेबाट बिस्तार गर्ने योजना छ त भन्ने प्रश्नमा यादवले चैत्र भित्रमा विस्तारको काम सुरुगर्ने योजना भएको बताए ।

सडक विस्तारको विषयमा दुईवटा मानहानीको मुद्दाको फैसला आईनसकेको भन्दै उनले फैसला चैत्रमा आइसक्ने र त्यो भन्दा अघि सम्पूर्ण तयारी पुरा गरिने बताए ।
डिभिजन सडक कार्यालय हेटौंडाले २५–२५ गज सडक सिमाभित्र पर्ने संरचना हटाउन सुचना निकालेपछि सडक विस्तार कार्य रोक्न घरधनीहरु सर्वोच्च गएका थिए ।

तर सर्वोच्चले गत असार ३१ गतेदेखि साउन २४ गतेसम्म सडक विस्तार सम्बन्धमा दर्ता भएका सबै रिट खारेज गरेको छ । सडक बिस्तारविरुद्ध परेको २८ रिट खारेको भएसंगै हेटौंडा बजारमा २५ मिटर बिस्तारको बाटो खुलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *