रामोजी फिल्म सिटीका संस्थापक रामोजी रावको निधन

Share this news:

जेठ २६, २०८१ । भारतको हैदराबादस्थित रामोजी फिल्म सिटीका संस्थापक रामोजी रावको शनिबार बिहान निधन भएको छ । रामोजी ग्रुपका संस्थापक समेत रहेका रावको शनिबार बिहान ८७ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनलाई गत जून ५ मा अस्पताल भर्ना गरिएको थियो ।

रामोजी पछिल्ला दिनमा स्वास्थ्य समस्याबाट ग्रस्त थिए । उनको पार्थिव शरीरलाई रामोजी फिल्म सिटीस्थित उनको आवासमा लैजाने तयारी भइरहेको छ । जहाँ उनका परिवार, साथी र फ्यानले अन्तिम श्रद्धाञ्जी दिनेछन् ।

रामोजीको वास्तविक नाम चेरुकुरी रामोजी राव थियो । सन् १९३६ नोभेम्बर १६ मा एक मध्यमवर्गीय परिवारमा जन्मेका रामोजीले व्यापार र फिल्म दुनियाँबाट नाम र दाम दुवै कमाए । उनले रामोजी ग्रपअन्तर्गत विश्वकै सबैभन्दा ठूलो फिल्म स्टुडियो रामोजी फिल्म सिटी, ईटीवी नेटवर्क, डल्फिन होटल, मार्गदर्शी चिटफण्ड र ईनाडू तेलुगु पत्रिका सुरुवात गरे ।

उनको सम्पत्ति ४ दशमलब ७ अर्ब डलरभन्दा बढी छ । उनको उषाकिरण मुभिज नामक प्रोडक्सन हाउस पनि छ, जुन हाउसमार्फत उनले कैयौं सुपरहिट तेलुगू फिल्म दर्शकलाई दिएका छन् ।

उनले सन् १९८४ बाट फिल्मको प्रोडक्सनको काम सुरु गरे । उनले ‘प्रतिघात’, ‘नुभे काभाली’, ‘भेडी’ र ‘थोडा तुम बदलो थोडा हम’ जस्ता ब्लकबस्टर फिल्म बनाएका छन् । उनले सन् २००० मा फिल्म ‘नूवी कवाली’ का लागि नेशल अवार्ड पनि जितेका थिए । उनी सन् २०१६ मा पद्म विभूषणबाट सम्मानित भए ।

उनको परिवारमा श्रीमति रमा देवी र दुई छोरा छन् । उनको कान्छो छोरा चेरुकुरि सुमनको सन् २०१२ मा ल्यूकेमियाका कारण निधन भएको थियो ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *