दलहरूमाथि प्रश्न उठ्नु स्वभाविक हो : नेता पुन

Share this news:

भदौ २१, २०८० । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्य वर्षमान पुनले राजनीतिक दलहरूमाथि प्रश्न उठ्नु स्वभाविक भएको बताएका छन् ।

बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले शान्ति स्थापना गरेको तर न्याय स्थापना गर्न भने अझै नसकेको बताए ।

उनले भने, जनताले राजनीतिक दलहरूमाथि प्रश्नहरू उठाएका छन्, त्यो स्वभाविक हो हामीले जति गनुपर्ने थियो त्यो गर्न सकेका छैनौं । हामीले शान्ति स्थापना गरेका थियौं तर न्याय स्थापना गर्न भने अझै नसकेको अवस्था छ ।

छिमेकीहरूसँग मात्र नभइ विकास साझेदारहरूसँग नेपालको नीतिगत सम्बन्ध स्पष्ट रेखाङ्कन हुनुपर्ने उनको भनाइ छ । उनले सबै राजनीतिक दलहरू छोटो समयको लागिभन्दा पनि दीर्घकालिन विकासको सोचबाट विकास साझेदारीमा डराउन नहुने बताए ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *