प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल

Share this news:

जेठ २, २०८१ । संसद् सञ्चालनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि कांग्रेसको अवरोधका कारण दुवै सदनले राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव पारित गर्न सकेनन् । सचिवालयका अनुसार भेटमा सभामुख घिमिरेले संसद्मा भएको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन् ।

अब दुवै सदनको बैठक बिहीबार बोलाइएको छ । कांग्रेसले सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै सदन अवरुद्ध पार्दै आएको छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *