गणतन्त्र दिवसको अवसरमा ४८२ जना कैदीको सजाय माफी

Sharing is caring!

जेठ १५, २०८० । गणतन्त्र दिवस २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ४८२ जना कैदीको बाँकी कैद सजाय माफी गरेका छन्।

आइतबार राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमा जारी गर्दै ४८२ जनाको कैद सजाय माफी गरेको जानकारी दिएको हो।

मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवसमा माफी दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *