प्रधानमन्त्री प्रचण्डको अर्थपूर्ण अभिव्यक्ति

Share this news:


असार ९, २०८१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरै कार्यकाल सरकारको नेतृत्व गर्ने संकेत गरेका छन् । शनिबार राजधानीमा आयोजित पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको कार्यक्रमबाट प्रधानमन्त्री प्रचण्डले पुरै कार्यकाल सरकारको नेतृत्व गर्ने संकेत गरेका हुन् ।

‘जे देखेको छु, सबै परिस्थिति । तरिका मिल्यो भने पूरै अवधि बसिन्छ’ कार्यकर्तालाई आश्वास्त पार्दै उनले भने, ‘ढुक्क भएर काम गरे हुन्छ । ।।हामीलाई हटाउन सजिलो छैन ।’

सत्ता समीकरण परिवर्तनपछि विकसित घटनाक्रम हेर्दा प्रधानमन्त्री प्रचण्डको यस्तो अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ । किनकि यसअघि प्रधानमन्त्री प्रचण्ड आफैले सरकार सञ्चालन गर्न सजिलो नरहेको सार्वजनिक अभिव्यक्ति दिदै आएका थिए ।

तर शनिबार प्रचण्ड ढुक्क देखिए । आफू प्रधानमन्त्री नियुक्त हुनासाथ हटाउने कोशिस भएको पनि प्रचण्डले स्वीकारे । ‘सरकार कति दिन होला रु चल्छ कि चल्दैन रु विभिन्न कुराहरु आउँछन्’ प्रचण्डले बिगतबारे भने, ‘मैले नै भन्थे, मलाई सबै मिलेर धेरै दिन बस्न दिन्नन् होला ।’

सरकार धेरै नटिके पनि सकेजति राम्रो गर्ने अठोट आफूले गरेको पनि प्रधानमन्त्री प्रचण्डले सम्झिए । तर अब ढुक्क बनेको विश्वास पनि प्रचण्डले सार्वजनिक गरेका छन् ।

‘इतिहासका कारणले, मुद्दाका कारणले, आन्दोलनका कारणले’ पुरा अवधि सरकार चलाउनेबारे प्रचण्डले भने, ‘… र हाम्रो जादु नम्बरको काणले पनि । जादु नम्बर छ हाम्रो । थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन ।’

अर्थात् माओवादी केन्द्रले संसद्मा ल्याएको ३२ सिटकै कारण पुरा अवधि सरकारको नेतृत्व गर्ने प्रचण्डले विश्वास गरे । संसद्मा रहेको जादुवाला नम्बरकै कारण सरकारबाट बाहिर जाने चिन्ता लिनु नपर्ने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । ‘भोलि केही हुन्छ कि भन्ने कुरा बेकारको हो । त्यतापट्टी तपाईँहरुले दिमाग लानै पर्दैन’ प्रचण्डले आग्रह गरे ।

जबकी माओवादीसँग ३२ सिटको जादुवाला नम्बर भर्खरै प्राप्त भएको होइन । २०७९ को चुनावमा माओवादीले जितेको सिट संख्या हो, यो । तर प्रधानमन्त्री प्रचण्डले यसअघि सार्वजनिक रुपमै सरकार चलाउन कठिन परिरहेको बताउँदै आएका थिए ।

सत्ता सञ्चालन गर्न सजिलो नरहेकै निष्कर्ष सहित तीन पटक सत्ता समीकरण परिवर्तनको निर्णय गरिसके । २०७९ मंसिरको चुनाव माओवादीले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट लडेको थियो । तर सरकार बनाउन एमालेसँग सहकार्य गर्न पुग्यो ।

१० पुस २०७९ मा गठबन्धन फेरेर प्रचण्ड प्रधानमन्त्री भए । यसको दुई महिनाभित्रै एमालेसँग काम गर्न सजिलो नभएको भनेर माओवादीले कांग्रेससँग सत्ता सहकार्य गर्‍यो ।

अर्को वर्ष अर्थात् गत २१ फागुनमा फेरि एमाले सहितको समीकरणमै प्रचण्ड फर्किएका छन् । यसरी लगातार सत्ता समीकरण फेरिरहेका प्रधानमन्त्री प्रचण्डलाई केही दिन अगाडिसम्म सत्ता टिकाउने चिन्ता थियो । प्रमुख प्रतिपक्षी कांग्रेसको नेतृत्वमा विपक्षीहरुले सदन चल्न दिएका थिएनन् ।

तर १५ जेठभित्र बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्थाको दबावमा प्रधानमन्त्री प्रचण्ड थिए । कांग्रेसको माग पुरा गरेर बजेट ल्याउन सजिलो थिएन । किनकि कांग्रेसको माग बमोजिम गृहमन्त्री रवि लामिछानेलाई राजीनामा गराउँदा प्रचण्डले संसद्मा बहुमत गुमाउने थिए । यिनै अप्ठ्यारोका कारणले प्रचण्डले सत्ता सञ्चालनको कठिनाई सार्वजनिक गरिरहेका थिए ।

तर संसदीय छानबीन समिति बनाएर विपक्षीहरुको माग सम्बोधन अनि गृहमन्त्रीले पनि पदबाट राजीनामा गर्नु नपर्ने अवस्था सिर्जना गर्न प्रधानमन्त्री सफल भए । बजेट आयो, बजेटमाथि छलफल लगभग सकिन लागेको छ । अब पारित गर्न प्रधानमन्त्रीलाई कुनै समस्या देखिदैन । यस्तो सहज अवस्था आउँदा प्रधानमन्त्रीले पुरै अवधि सरकारको नेतृत्व गर्ने आत्मविश्वास देखाएका छन् । जसलाई सामान्य अभिव्यक्तिका रुपमा लिन मिल्दैन ।

किनकि हरेकपटक सत्ता समीकरण फेर्दा प्रचण्डले आलोपालो प्रधानमन्त्रीको सहमति गरेका छन् । गत २१ फागुनमा समीकरण फेर्दा पनि प्रचण्डले बाँकी अवधिको दुईरदुई वर्ष प्रधानमन्त्री हुने ओलीसँग सहमति गरेका छन् । यो खबर मध्यान्हबाट लिएका हौ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *