राजनीति, सत्ता र शक्तिको साधन मात्रै होईन : राष्ट्रपति पौडेल

Sharing is caring!

असोज २, २०८० । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिलाई सत्ता र शक्तिको साधन मात्रै ठान्न नहुने बताएका छन् ।

आज भक्तपुरमा आयोजित गणेशमान सिंहको प्रतिक अनावरण समारोहमा उनले राजनीतिलाई सत्ता र शक्तिको साधन होईन्, राष्ट्र निमार्णको लागि जीवन समर्पित गर्ने कर्म हो भनेर वर्तमान र भावि पुस्तासम्म पु¥याउनु पर्ने बताएका हुन् ।

स्वर्गीय सिंहको जीवन दर्शनको सन्देश नै निष्ठाको राजनीति भएको बताएका उनले भने ‘त्याग, आदर्श र निष्ठाको राजनीतिलाई मन वचन र कर्मले गणेशमान सिंहले निर्वाह गर्नुभएको काम सबैका लागि प्रेरणा बन्ने छ । ’

कठिन समयमा पनि, लोकतन्त्रको पक्षमा उभिएका सिंहकै जीवनबाट आफूहरुलाई पनि क्रान्तिमा लाग्न र लोकतन्त्रका पक्षमा लड्न प्रेरणा मिलेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *