१ लाख ३९ हजार नक्कली नोटसहित दुईजना पक्राउ

Share this news:

असोज २५, २०८० । १ लाख ३९ हजार नक्कली नोट सहित नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका–४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित २ जनालाई हिजो प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका–६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण बहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका–३ दानश्री बस्ने २५ वर्षीय सुरज बिक रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स्टिकर टेप ६ थान, ग्लु १० थान, मसी, ब्रस, फलामे स्केल, कैँची लगायतका विभिन्न सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उक्त घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *