पाकिस्तानमा आम निर्वाचनका लागि मतदान जारी

Sharing is caring!

माघ २५, २०८० । पाकिस्तानमा नयाँ सरकार गठन गर्ने संसदको तल्लो सदनका लागि चार प्रान्तीय सभाको निर्वाचन अन्तर्गत मतदान जारी छ ।

आम निर्वाचनका लागि स्थानीय समयअनुसार बिहीबार बिहान ८ बजेदखि मतदान भइरहेको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । कूल २६६ मध्ये एक बाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी रहेको छ ।

एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।ि नर्वाचन आयोगका प्रवक्ता सैयद नदीम हैदरले मतदान प्रक्रिया स्थानीय समय अनुसार बिहान ८ बजेदेखि शुरू भई बेलुका ५ बजेसम्म निर्वाधरुपमा जारी रहने बताए ।

संसद्को तल्लो सदनका २६५ सदस्य छान्न मतदाता बिहानै मतदान केन्द्रहरूमा पुगेको आयोगले जनाएको छ ।
आयोगका अनुसार १२ करोड ८० लाखभन्दा बढी पाकिस्तानी जनता अर्थात् देशको कूल जनसङ्ख्याको आधाभन्दा बढी व्यक्ति आम निर्वाचनका लागि मतदान गर्न योग्य मानिएका छन् ।

उम्मेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *