खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुदैँ

Sharing is caring!

भदौ २५, २०८० । ११ औँ कोरियन एम्बासडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । दक्षिण कोरियाली दुताबास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा हुने प्रतियोगिताको ११ औं संस्करणमा ७ सय ११ महिला र १ हजार ६७ पुरुष गरी जम्म १७ सय ७८ जना सिनियर तथा जुनियर खेलाडीहरुको सहभागी हुने आयोजकले जनाएको छ ।

२७ गते देखि ३१ गते सम्म हुने प्रतियोगितामा ५७ स्वर्ण पदकका लागि प्रतिश्पर्धा हुने छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दको संयोजकत्वमा ३५ सदस्यीयआयोजक समिति गठन गरिएको छ । जस अन्तर्गत १० वटा उपसमिति रहेका छन् ।

प्रतियोगिता सञ्चालन गर्न ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयम्सेवकहरु परिचालन गरिने आयोजकले जनाएको छ । प्रत्येक दुई वर्षमा हुने यस प्रतियोगिताको यो ११ औं सस्करणमा पहिलो पटक भारत र बंगलादेशका खेलाडीहरुको पनि सहभागी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *