एक दिवसीय सिरिज : नेपाललाई २ सय ८६ रनको लक्ष्य

Sharing is caring!

माघ २७, २०८० । क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले २ सय ८६ रनको लक्ष्य पाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर कप्तान साद बिन जफरले ब्याटिङ गर्ने निणर्य गरेपछि क्यानडाले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनायो ।

क्यानडाले राम्रो सुरुवात गरेपछि नेपाली बलरलाई ओपनर द्वय आरोन जोन्सन र नवनित धलिवलको साझेदारी तोड्न ९४ रन खर्चनु परेको थियो । ओपनर आरोन जोन्सनले अर्धशतक बनाउँदा अर्का ओपनर नवनित धलिवल भने ४६ रनमा आउट भए । पहिलो विकेट गुमाउँदा क्यानडाका लािग यी दुईले ९४ रन जोडेका थिए । १९ औं ओभरमा आकाश चन्दले धलिवललाई कट बिहाइन्ड गर्दै नेपालका लािग पहिलो विकेट दिलाएका थिए ।

त्यसपछि खेलको ३५ ओभरको समाप्तिमा आइपुग्दा क्यानडाले ५ विकेट गुमायो । २३ औं ओभरमा जोन्सन रनआउट भए । ६२ बलमा १० चौका र २ छक्कासहित ६५ रनमा खेल्दा उनी भीम सार्कीको थ्रोमा रनआउट भएका थिए । त्यसपछि तेस्रो विकेटका लागि पर्गत सिंह र निकोलस किर्तनले ५३ रनको साझेदारी गरे ।

कप्तान रोहितले एकै ओभरमा दुई जनालाई आउट गर्दै नेपाललाई खेलमा फर्काए । पर्गत ३८ बलमा ३८ रन जोड्दै सोमपालको हातबाट समातिए । त्यस्तै किर्तन २० रनमा स्टम्पिङ आउट भए । ३५ औं ओभरमा सूर्य तामाङले हर्ष ठाकरलाई ३ रनमा आउट गराए ।

सातौं नम्बरका ब्याटर श्रेयश मोभ्भा र दशौं नम्बरका उदय भागवानले ९ औं विकेटका लागि ४४ रनको साझेदारी गरे । ४० रन बनाएका मोभ्भा अन्तिम बलमा आउट हुँदा भागवन २० रनमा नट आउट रहे । नेपालका लागि कप्तान रोहित र कुशल मल्लले समान २-२ विकेट लिए । यस्तै, आकाश चन्द, ,सूर्य तामाङ ,पवन सर्राफ र सोमपाल कामीले समान १ विकेटक लिए ।

नेपाली टोलीमा ३ खेलाडी परिवर्तन गरेको नेपालले आकाश चन्दलाई डेब्यु गराएको थियो । । चन्दले १९ औं ओभरमा धलिवललाई कट बिहाइन्ड गर्दै नेपाललाई पहिलो सफलता मात्र दिलाइनन् आफ्नो करिअरको डेब्यू विकेट पनि लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *