क्यानडाविरुद्ध दोस्रो एक दिवसीयमा नेपाल विजयी

Sharing is caring!

फागुन ८, २०८० । क्यानडा ११ विरुद्धको एक दिवसीय शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ ।

क्यानडाले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले ४९ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा ग¥यो ।नेपालका लागि कप्तान सन्दीप जोराले ६६ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै, अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रनको योगदान दिए । यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २४० रन बनाएको थियो ।

क्यानडाका श्रेयास मोभाले ६८, नवनीत धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिएका थिए । बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २–२, बसिर अहमद र सागर ढकालले १–१ विकेट लिएका थिए ।

जितसँगै नेपाल ‘ए’ टीमले क्यानडाविरुद्ध ३ खेलको एकदिवसीय सिरिज १–१ को बराबरी गरेको छ । पहिलो खेलमा नेपाल ‘ए’ टीम क्यानडासंग पराजित भएको थियो । नेपाल ‘ए’ टीम क्यानडासँग ४ विकेटले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *