यू—१९ एसिया कप : पाकिस्तानसँग नेपाल पराजित

Sharing is caring!

मंसिर २२, २०८० । यू—१९ एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । युएईमा शुक्रबार भएको खेलमा नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

पाकिस्तानको जितमा अजान अविसलले, नटआउट ५६ रनको अर्धशतकीय पारी खेल्दा कप्तान साद बागले पनि ५० रनको अर्धशतकीय योगदान दिए । यसैगरी मोहमद जिसनले २० रन बनाउँदा सहजीव खानले १५ रन जोडेका थिए । ओपनर सेयमुल हुसेनले भने खाता खोल्न सकेनन् ।

नेपालका लागि गुलसन झाले २ विकेट लिँदा आकाश त्रिपाठीले १ विकेट हात पारे । पहिला ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा सवै विकेट गुमाएर १५२ रन बनाएको थियो । नेपालका उत्तम थापामगरले ५१ रनको अर्धशतकीय पारि खेल्दा दिपेश कँडेलले ३१ रन बनाए । अर्जुन कुमालले २१ रन जोडेका थिए । अन्य खेलाडीको प्रदर्शन विर्सनलायक रह्यो । नेपालका तिलक भण्डारीले ७ रन जोड्दा आकाश त्रिपाठीले ६ रन जोडे ।

यसैगरी सुवास भण्डारीले ८ रनको नटआउट पारि खेल्दा आकाश चन्द ५ रन बनाएर अन्तिम विकेटको रुपमा आउट भएका थिए । पाकिस्तानका मोहमद जिसनले सर्वाधिक ६ खेलाडीलाई आउट गर्दै नेपालको पारि ध्वस्त बनाएका थिए । अमिर हसनले २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *