राष्ट्रिय सरोकार समितिमा आज प्रधानमन्त्रीले जवाफ दिने

Sharing is caring!

फागुन १६, २०८० । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दैछ ।

मंगलबार समितिको बैठक बोलाइएको भएपनि अन्तिम समयमा स्थगित भएको थियो । बुधबार सिंहदरबारस्थित समितिको हलमा विहान ११ बजे पुनः बैठक बोलाइएको छ ।

आजको बैठकमा समितिमा उठेका सवाल र निर्देशनहरूका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूची रहेको छ ।

विगतमा समितिले नेपाल सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयहरुको हालसम्मको कार्यान्वनयको अवस्था साथै समितिको निरन्तर छलफलबाट पहिचान गरिएका सवालहरुमा छलफल गर्न प्रधानमन्त्री दाहाललाई बोलाइएको र बैठकमा प्रधानमन्त्री दाहालले जवाफ दिने कार्यक्रम रहेको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *