नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री पदमा नियुक्त

Share this news:

जेठ २५, २०८१ । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्रीमा नियुक्त भएका छन् । हालै भएको १८ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएपछि उनलाई नै दलको नेता चयन गरिएको थियो ।
एनडीएबाट नेता चयन भएपछि मोदीले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री पदमा दाबी गरेका थिए ।

उनले शुक्रबार नै राष्ट्रपति द्रौपदी मुर्मुलाई भेटेर सरकार गठनका लागि दावी पेस गरेपछि प्रधानमन्त्रीमा नियुक्त गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अब नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिने छन् । उनको सपथ ग्रहण समारोह आगामी आइतबार हुने भएको छ । यसअघि शुक्रबार पुरानो संसद भवनको सेन्ट्रल हलमा मोदीलाई एनडीएको नेता चयन गरिएको थियो ।

एनडीए गठबन्धनको २९३ मध्ये भाजपा एक्लैको २४० सिट छ । २०१४ र २०१९ मा भाजपाकै बहुमत हुँदा एनडीए गठबन्धनलाई मोदीले वास्ता गरेका थिएनन् । यसपटक भने आफ्नो कार्यकाल जोगाउनका लागि उनले हरेक पटक एनडीएमा आबद्ध दलहरुलाई विश्वासमा लिइराख्नु पर्ने चुनौती भने थपिएको छ ।

आइतबार हुने मोदीको सपथ ग्रहण समारोहमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आतिथ्य ग्रहण गर्न जाने तय भएको छ । सपथग्रहणपछि प्रधानमन्त्री प्रचण्डले मोदीसँग भेटवार्ता गर्ने छन् ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *