आज काठमाडौं उपत्यकामा केही शीतलता छाउने

Share this news:

असार १, २०८१ । जल तथा मौसम विज्ञान विभागले आज अपरान्हदेखि काठमाडौं उपत्यकाको तापक्रम घटेर केही शीतल हुने जानकारी दिएको छ ।

हिजो शुक्रबार उपत्यकामा निकै गर्मी महसुश गरिएको थियो । यहाँ हिजोको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो भने आज अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस रहने विभागको भनाई छ ।

आज साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव देखिन थाल्ने विभागले जनाएको छ । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी रहेकाले अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना देखाईएको छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *