देशभर वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

Share this news:

माघ २०, २०८० । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकका धेरै ठाउँमा मौसम परिवर्तनको सम्भावना छ ।

उक्त प्रणालीको प्रभावका कारण आइतबारदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा वाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हलुकादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाद्वारा शनिबार दिउँसो जारी बुलेटिनका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरु, वाग्मती र कोशी प्रदेशका पहाडी भू–भागका केही ठाउँहरूसँगै तथा विभिन्न जिल्लाका एक– दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।

सोमबार साँझबाट भने मौसममा क्रमशः सुधार हुँदै जाने पूर्वानुमान छ । उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना छ ।

वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले सूचीत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *