प्रधानन्यायाधीशले गरे ‘न्याय’को लोकार्पण

Sharing is caring!

माघ १२, २०८० । नेपाल निजामती कर्मचारी संगठनले प्रकाशन तथा सम्पादन गरेको पुस्तक ‘न्याय’को लोकार्पण गरिएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाल निजामती कर्मचारी संगठन सर्वोच्च अदालतको विभागीय कार्य समितिले प्रकाशन गरेको पुस्तक ‘न्याय’को लोकार्पण गरिएको हो । कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पुस्तकमा समावेश भएको सम्पूर्ण लेखहरु न्याय र कानुनको क्षेत्रमा आवद्ध सबैका लागि महत्वपूर्ण स्रोत हुने विश्वास व्यक्त गरे ।

उनले भने,‘पुस्तकमा समावेश भएको सम्पूर्ण लेखहरु हेर्दा पुस्तक न्याय र कानुनको क्षेत्रमा आवद्ध सबैको लागि महत्वपूर्ण श्रोत साधनका रुपमा रहनेछन् । प्रकाशकले जुन उद्देश्य राखेर प्रकाशन गर्नुभएको छ, त्यो प्राप्त होस भन्ने कामना व्यक्त गर्दछु ।’

पुस्तकमा समावेश भएका विषयबस्तुहरु प्रयोग र कार्यान्यनमा आउन नसके पुस्तक बनाएर राखेर मात्र केहि उपलब्धी नहुने बताए । एक हजार पाँच सय ९५ पृष्ठमा रहेको पुस्तक ‘न्याय’मा नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध ८७ जनाले लेखहरु लेखेका छन् ।

लोकसेवा आयोगको न्याय सेवा अन्तर्गत शाखा अधिकृतदेखि सह–सचिवसम्मका विषवस्तुहरु उक्त पुस्तकमा समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *