‘योगमाण्डु योगमा हाँसो योग’

Share this news:

जेठ १२, २०८१ । अन्तर्राष्ट्रिय स्तरको योग ध्यान सेवा केन्द्र योगमाण्डुले ‘योगमाण्डु योगमा हाँसो योग’ कार्यशाला सञ्चालन गरेको छ । गतिशील मानव जीवनमा हाँसोको महत्वबारे जानकारी दिन र अभ्यस्त गराउन सञ्चालन गरिएको कार्यशालाको सञ्चालन हाँसो योग विशेषज्ञ पूजा मित्तलले गरेकी थिइन् ।

लाफ्टर थेरापीले डिप्रेसन, एन्जाइटी र तनाव सम्बन्धी समस्याहरूको समाधान गर्ने उद्देश्यले सञ्चालन गरिएको योग कार्यशालामा ३० जनाको सहभागिता थियो । सहभागीलाई उनीहरूले हाँस्ने अभ्यास गर्नुपर्ने अवस्थाहरू दिइयो । कार्यशाला गहिरो ध्यान सत्रसँग समापन भएको छ ।

मितेरी मार्ग, मध्यबानेश्वर, काठमाडौंमा अवस्थित योगमाण्डु योग अन्तर्राष्ट्रिय प्रमाणीकरण योग शिक्षक तालिम पाठ्यक्रम, नियमित योग, कर्पोरेट योग, बाल योग, घरमै योग, गायन कटोरा र ध्वनि उपचार तालिम जस्ता सेवाहरू प्रदान गर्दै आएको छ ।
स्वस्थ, निरोगी, दीर्घजीवी बन्ने सरल र प्राकृतिक विधि हो योग । न हामी उपचार गरेर निरोगी हुन्छौं, न औषधि सेवन गरेर नै । यद्यपि स्वस्थ खानपान र अनुशासित जीवनशैलीसँगै योगलाई जीवनको एउटा हिस्सा बनाउन सकेमा योगले हामीलाई निरोगी त बनाउँछ नै, जवान ऊर्जावान साथै दीर्घजीवन समेत प्रदान गर्दछ ।

दैनिक योगका आसन र प्रणायम गर्नाले शरीरका सबै जोर्नीहरु खुल्ने भएकाले मानिसलाई निरोगी हुन मद्दत गर्ने योगमाण्डुको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *