इजरायल र प्यालेस्टाइनले दिगो शान्तिको प्रयास गर्नुपर्छ : राष्ट्रपति बाइडेन

Sharing is caring!

मंसिर ११, २०८० । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टिनी जनताको दिगो शान्तिका लागि दुई राज्यले आफंै समाधान निकाल्नका लागि पहल गर्नु पर्नेमा जोड दिएका छन् । जो बाइडेनले सबै बन्धकहरूलाई रिहा नगरेसम्म इजरायल र हमासबीचको युद्धविराम जारी रहनेमा आफू आशावादी रहेको पनि बताएका छन् ।

उनले अमेरिकी बन्धकहरूलाई पनि हमासले छिट्टै रिहा गर्ने आशा व्यक्त गरे । हमासले आइतबार १७ जना बन्धकलाई रिहा गर्दा ४ वर्षिया अमेरिकी बालिका पनि रिहा भएपछि सञ्चारमाध्यमसँग कुरा गर्दै बाइडेनले शान्तिका लागि दुई राष्ट्र समाधानको कुरा गरेका हुन् । दुई राष्ट्रबिचको समाधान अन्तर्गत, इजरायलसँगै प्यालेस्टाइन पनि एक स्वतन्त्र देश हुनुपर्नेमा अमेरिका रहेको पनि राष्ट्रपति बाइडेनले बताए ।

सन् १९९१ मा अमेरिकाको मध्यस्थतामा भएको म्याड्रिड शान्ति सम्मेलनमा इजरायल र प्यालेस्टाइनबीच दुई राज्य समाधानका लागि पनि सहमति भएको थियो । वेस्ट बैंकमा प्यालेस्टाइन सरकारले दुई–राज्य समाधानलाई समर्थन गरे पनि गाजामा रहेको हमास यसको विरुद्धमा छ र सम्पूर्ण इजरायलमा दाबी गर्दै आएको छ ।

जर्मनीका राष्ट्रपति आइतबार इजरायल पुगेर इजरायललाई आफ्नो पूर्ण समर्थन जनाएका छन् । सोमबार इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले अमेरिकी व्यापारी एलोन मस्कसँग भेट गर्नेछन् । मस्कले इजरायलको भ्रमण गर्ने पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *