इजरायलमा ज्यान गुमाएका नेपाली नागरिकको सम्झनामा माइतीघरमा दीप प्रज्वलन

Share this news:

असोज २२, २०८० । लुम्बिनी विश्व शान्ति मञ्चले इजरायलमा शहीद नेपाली नागरिकको सम्मानमा दीप प्रज्वलन आयोजना गरेको छ ।

लुम्बिनी विश्व शान्ति मञ्चले सद्भाव कायम गर्न र विश्वव्यापी शान्तिको प्रर्वद्धनको सन्देश दिने उद्देश्यले हमास लडाकुले गरेको आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिकको सम्झनामा ‘मैनबत्ती प्रज्वलन’ कार्यक्रम आयोजना गरिएको जनाएको छ।

उक्त दीप प्रज्वलनमा सहभागी शक्ति वंशकरले कोहीमाथि पनि अन्याय हुनु हुदैँन्, यस्तो युद्ध हुनु हुदैँन् भन्दै विश्व शान्तिको लागि सबै जना जम्मा भएर दीप प्रज्वलन गरिएको बताए ।

उनले भने, ‘अरुको द्वन्द्वमा हाम्रो आफ्नो मान्छेलाई हामीले गुमाएका छौँ साना नानी, बाबुहरु जो केही सपना बोकेर गएका थिए । उनीहरुलाई गुमाएका छौ, उनका परिवारहरुले जुन क्षति व्यहोर्नु परेको छ । त्यसलाई हाम्रो कुनै संवेदनाले केही राहात पुग्दैँन् । त्यही पनि हामीले कुसैमाथि पनि अन्याय हुनु हुदैँन्, यस्तो युद्ध हुनु हुदैँन् भन्दै विश्व शान्तिको लागि हामी यहाँ आएका छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *