कैलाश सिरोहिया हाजिरी जमानतमा छुटे

Share this news:

जेठ १६, २०८१ । नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानतमा छुटेका छन् । अनुसन्धानका लागि आवश्यक परेका बेलामा उपस्थित हुनुपर्ने सर्तमा सिरोहियालाई प्रहरीले बुधबार अपरान्ह छाडेको हो । सिरोहियालाई उनकै छोरा सम्भव सिरोहियाको जमानतमा छोडिएको प्रहरीले जनाएको छ ।

सिरोहिया नागरिकताबारे अनुसन्धान गर्न प्रहरीले तीन पटक म्याद थप गरि नौ दिन थुनामा राखेको थियो । नागरिकता विवादमा छानबिनका लागि उनलाई गत साता काठमाडौंको थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरेर जनकपुर लगेको थियो । स्वास्थ्यमा समस्या भएपछि उनलाई मंगलबार हेलिकोप्टरबाट काठमाडौंको मेडिसिटी अस्पताल ल्याइएको थियो ।

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते प्रहरीमा जाहेरी परेको थियो । जाहेरी परेको झण्डै २० दिनपछि प्रहरीले धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *