नेकपा एकीकृत समाजवादी सरकारमा जाने

Sharing is caring!

फागुन २३, २०८० । नयाँ सत्ता समीकरणमा नेकपा एकीकृत समाजवादी पनि सहभागि हुने भएको छ ।

सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर सरकारमा सहभागी हुने जानकारी गराइएको हो ।

नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने र आजै मन्त्रीहरुको शपथग्रहण समेत हुने जनाइएको छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका अन्य कतिपय शर्तहरुका बारेमा पछि छलफल हुने नेताहरुले बताएका छन् ।
प्रदेश सरकारमा समेत एक मुख्यमन्त्री नेकपा एसले दावी गरेको छ । त्यसमा गठबन्धनका शीर्ष नेता सकारात्मक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *