ओलीले गरे वृहत अरनिको राजमार्ग सफाई अभियानको थालनी

Share this news:

जेठ २३, २०८१ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार वृहत अरनिको राजमार्ग सफाई अभियानको थालनी गरेका छन् ।

आज बिहान विश्व वातावरण दिवस २०२४ को अवसर पारेर नेकपा एमाले भक्तपुरमा जिल्ला कमिटिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कौशलटार चोकमा रहेको पुलबाट बेलुन उडाएर अभियानको थालनी गरे । अभियानमार्फत ‘राष्ट्रका लागि दुई घण्टा’ छुट्याउन प्रेरणा मिल्ने बताइएको छ ।

अध्यक्ष ओलीले विद्यार्थीसँगै सडकमा बढारेर सफाई अभियानका सदस्यहरुलाई हौसला दिएका थिए ।

कार्यक्रममा विभिन्न संघ संस्थाले वातावरण दिवसको सचेतना जगाउने नारा लेखिएका ब्यानर सहित र्याली निकालेर कौशलटारदेखि सूर्यविनायकसम्म पुगेका थिए ।

सो कार्यक्रममा विभिन्न संघ संस्थामा आबद्ध प्रतिनिधि, महिला समुह, विविन्न विद्यालय र कलेजका विद्यार्थी, स्थानीय तथा राजनीतिक व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । यो वर्षको विश्व वातावरण दिवसको नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने रहेको छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *