तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरो

Sharing is caring!

माघ ८, २०८० । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका अधिकांश स्थानहरूमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

निरन्तर हुस्सुका कारण जनजीवन प्रभावित भएको छ । मानिसहरूले घरबाहिर निस्किएर हिँडडुलसमेत गर्न सकिरहेका छैनन् । विद्यालयहरु धमाधम बन्द भइरहेका छन् भने यातायात समेत चल्न सक्ने अवस्था छैन । महाशाखाले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *