पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Sharing is caring!

फागुन ३, २०८० । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको जनाएको छ ।

निगमको सञ्चालक समितिको बैठकले विहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । पेट्रोलियम पदार्थ अन्तर्गत पेट्रोल, डिजल र मट्टिटेलमा २ रूपैयाँ मूल्य बृद्धि भएको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बढाएको छैन ।

निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९.५०, १७१ र १७२ तथा डिजेल-मटिटेल क्रमशः १५७.५०, १५९ र १६० रूपैयाँ तोकेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १.८३ रूपैयाँ र डिजेलमा १.५६ रूपैयाँ बढेर आएको पनि निगमले सूचनामा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *