मानसिक स्वास्थ्यसँग जोडिएका अन्धविश्वास र लाल्छना न्यूनिकरण गर्न आवश्यक : प्रधानमन्त्री दाहाल

Sharing is caring!

असोज २३, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानसिक स्वास्थ्य सँग जोडिएका अज्ञानता अन्धविश्वास लाल्छना न्यूनिकरण गर्न आवश्यक भएको बताएका छन् । मंगलबार विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उनले समावेश समानता मूलक समाज निमाणका लागि मानसिक विराम भएका मानिसमाथि लानचना र भेदभावलाई मर्यादित र सम्बोधन गर्नुपर्ने बताए ।

उनले भने,‘समाजमा व्याप्त गरिवि, जातीय लैङ्गिक भेदभाव अपेक्षा अनुरूपको जीवन शैली बाँच्न नसक्नु सांस्कृतिक रुपमा अराजकता बढ्दै जानु जस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव परिरहेको छ । यस्ता प्रचलनहरु अन्यायपूर्ण र संविधान प्रद्धत मौलिक अधिकार विरुद्ध छ । त्यसैले मानसिक स्वास्थ्य सँग जोडिएका अज्ञानता अन्धविश्वास लाल्छनाहरुलाई न्यूनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउन जरुरी छ । ’

मानसिक स्वास्थ्य समस्याले दैनिक १९ जनाले ज्यान गुमाउनु परेको दुखद अवस्था भएको उनको भनाई छ । हरेक वर्षको अक्टोबर १० मा यो दिवस यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि मूलक कार्यक्रम गरी मनाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *