टी–२० विश्वकप : सुपर ८ मा भारतको अपराजित यात्रा कायमै, अफगानिस्तान २७ रनले पराजित

Share this news:

असार ७, २०८१ । आइसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ मा भारत विजयी भएको छ । समूह चरणदेखि नै अपराजित रहेको भारतले सुपर आठको पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले पराजित गरेको हो ।

ब्रिजटाउनको केन्सिङ्टन ओभल स्टेडियममा रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए । कप्तान रोहित शर्मा र विराट कोहलीको ओपनिङ जोडी अफगानिस्तानविरुद्ध पनि चल्न सकेन । पहिलो विकेटको रुपमा कप्तान रोहित १३ बलमा ८ रन बनाएर आउट भए । उनले एक चौका प्रहार गरेका थिए ।

विराट कोहलीलाई साथ दिन ऋषभ पन्त आए । उनले ११ बलमा २० रन बनाए । जसमा चार चौका सामेल छ । ऋषभ आउट हुँदा भारतले ७ ओभरमा ५४ रन बनाएको थियो । तेस्रो विकेट पनि भारतले सस्तैमा गुमायो । विराट कोहली २४ बलमा २४ रन बनाएर आउट हुँदा भारतलको स्को ८.३ ओभरमा ६२ रन रहेको थियो । विराटले एक छक्का प्रहार गरेका थिए ।

शिवम् दुवे पनि चल्न सकेनन् । उनले ७ बलमा १० रन बनाएर आउट हुँदा एक मात्र छक्का प्रहार गरे । सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले भारतको पारि सम्हाले । यादव र पाण्ड्याबीचमा ६० रनको साझेदारी भएप्छि टिमको स्कोर ५–१५० पुगेको थियो । सूर्यकुमारले २८ बलमा अर्धशतकीय पारि खेल्दै आउट भए । उनले अर्धशतक पूरा गरेलत्तैको बल उठाएर खेल्न खोज्दा क्याच आउट भए । यादवले ३ छक्का र ५ चौकाका मद्दतले ५३ रन बनाए ।

हार्दिक पाण्ड्याले २४ बलमा ३२ रन बनाउँदा २ छक्का र तीन चौका प्रहार गरे । यसैगरी रविन्द्र जडेजाले ७ रन बनाउँदा अक्षर पटेलले ६ बलमा १२ रनको पारि खेले । उनले २ चौका प्रहार गरेका थिए । अर्सदीप सिंहले २ रन लिए । अफगानिस्तानका फजलहक फारुकी र रासिद खानले तीन तीन विकेट लिए ।

१८२ रनको लक्ष्यसहित मैदान उत्रिएको अफगानिस्तानका खेलाडी चल्न सकेनन् । पहिलो विकेटको रुपमा रमनुल्लाह गुर्वाज पभेलियन फर्किए । उनले ८ बलमा एक छक्का र एक चौकाको मद्दतले ११ रन बनाए । इब्राहिम जर्दान ११ बलमा ८ रन बनाएर आउट हुँदा हजरतुल्लाह जजाई २ रनमै पभेलियन फर्किंदा अफगानिस्तानले २३ रनमा तेस्रो विकेट गुमाउन पुग्यो । गुलाबदिन नइबले १७ रन बनाउँदा अज्मतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए । उनले एक छक्का र दुई चौका प्रहार गर्दा २० बल फेस गरेका थिए ।

नजबुल्लाह जर्दानले १९ र नबनाउँदा मोहमद नाववीले १४ तथा नुर अहमदले १२ रन बनाए । भारतका अर्षदीप सिंह र जसप्रित बुमराहले तीन तीन विकेट लिए । सूर्यकुमार यादवको अर्धशतक (५३ रन) को मद्दतमा टीम इन्डियाले सुस्त पिचमा २० ओभरमा ८ विकेट गुमाएर १८१ रन बनाएर अफगानिस्तानलाई १८२ रनको लक्ष्य दिएको थियो।

रन पछ्याउने क्रममा अफगानिस्तानको टोली २० ओभरमा १३४ रनमा अलआउट भयो। जसप्रित बुमराह र अर्शदीप सिंहले ३–३ विकेट लिए । कुलदीप यादवले २ सफलता हात पारे । अक्षर–जडेजाले पनि एक–एक विकेट लिए । अफगानिस्तानका लागि अजमातुल्लाह ओमजाईले सर्वाधिक २६ रन बनाए ।

सुपर आठको पहिलो समूहमा भारतले २ अंक लिएर शीर्ष स्थानमा आफूलाई राखेको छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *