टी–२० विश्वकप : न्युजिल्याण्डसँग युगान्डा ९ विकेटले पराजित

Share this news:

असार १, २०८१ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा न्युजिल्याण्डले समूह चरणको अन्तिम खेलमा युगान्डालाई ८८ बल बाँकी हुँदै ९ विकेटले पराजित गरेको छ । दुवै टिम समूह चरणबाट बाहिर भइसकेकाले शनिबारको नतिजाले कुनै प्रभाव भने पर्ने छैन ।

यो टी–२० विश्वकप इतिहासमा दोस्रो सबैभन्दा कम स्कोर र युगान्डाको नाममा लज्जास्पद कीर्तिमान हो । १८ दशमलब ४ ओभरमा पुगेर अल आउट हुनुपूर्व युगाण्डाले केवल ४० रन जोडेको थियो ।

न्युजिल्याण्डका कप्तान केन विलियम्सनले टस जितेर बलिङ गर्ने निर्णय गरे जुन एकदम सही साबित भयो । पहिले ब्याटिङमा आएको युगाण्डाको टोलीले किवी बलरको सामना गर्न सकेन । टोलीका तीन ब्याट्सम्यान खाता नखोल्दै आउट भएका थिए भने मात्र २ रनमा ३ विकेट खसेको थियो । यसपछि आधा टोली १५ रनमै प्याभेलियन फर्किएको थियो । न्युजिल्याण्डको खतरनाक बलिङ विरुद्ध युगाण्डाका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् । जसका कारण पुरै टोलीले ४० रन मात्र बनाउन सक्यो ।

किवी टोलीका लागि ट्रेन्ट बोल्टले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरको स्पेलमा एक मेडन राख्दै ७ रन दिएर २ विकेट लिए । यसबाहेक रचिन रविन्द्रले पनि आफ्नो ३ ओभरको स्पेलमा एक मेडन राख्दै ९ रन दिएर २ विकेट लिए । टिम साउथीको बलिङ पनि निकै बलियो थियो र युगाण्डाको टोलीले पनि प्रतिस्पर्धा गर्न सकेन ।

जवाफी लक्ष्य न्युजिल्याण्डले ५.२ ओभरमा १ मात्र विकेट गुमाएर पूरा गरेको थियो । न्युजिल्याण्डका डेभोन कोनवेले नटआउट २२ रनको पारि खेले । फिन एलन भने ९ रन बनाएर आउट भएका थिए । रचिन रविन्द्र १ रनमा नटआउट रहे । युगान्डाका रिजात अलि साहले १ विकेट हात पारे । यो समूहबाट अफगानिस्तान र वेस्टइन्डिजले अन्तिम ८ मा स्थान पक्का गरेका छन् ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *