गृहमन्त्री श्रेष्ठ खतरामुक्त, चिकित्सकको निगरानीमा

Sharing is caring!

कात्तिक २, २०८० । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ह्रदयाघात भएको छ। सरकारकी प्रवक्ता मन्त्री रेखा शर्माले यसको पुष्टि गर्दै उपप्रधानमन्त्री श्रेष्ठलाई चीनमै चिकित्सकको निगरानीमा राखिएको बताईन्।

तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई हिजो छातीमा समस्या भएपछि अस्पताल भर्ना गरिएको सूचना तथा सञ्चार मन्त्री शर्माले जानकारी दिईन् ।
आजको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले यस विषयमा पनि छलफल गरेको जानकारी दिदैँ उनले उपप्रधानमन्त्री श्रेष्ठ खतरा मुक्त भएको बताईन् । उनले श्रेष्ठलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको र उपचारमा अझै समय खर्च हुने पनि बताईन्

उनले भनिन्, हिजो हाम्रो उपप्रधानमन्त्री यती बेला चाईनामा हुनुहुन्छ । गएराती उहाँलाई अचानक ह्ृदयघात भयो र चाईनाको बेईजिङ्स्थित हस्पिटलमा उहाँको उपचार भईरहेको छ । अहिले उहाँ खतरा मुक्त हुनुहुन्छ भन्ने खबर छ । राजदूतसँग प्रधानमन्त्रीको कुरा भईरहेको छ । उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ भन्ने खबर आएको छ । दुईचारदिन उहाँको उपचारमा अझै समय खर्च हुन सक्छ भन्ने खबर छ र त्यो कुरालाई प्रधानमन्त्रीले बैठकमा छलफल गर्नु भएको थियो ।

उनी मंगलबार र बुधबार बेइजिङमा भएको बीआरएफमा ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’ को नीति र प्रगतिबारे छलफलमा सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *