उकालो लाग्यो सुनको भाउ, आज हालसम्मकै उच्च मूल्य

Sharing is caring!

मंसिर १७, २०८० । हप्ताको पहिलो दिन आज सुनको भाउ ८ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ ।

आज सुन तोलाको एक लाख २० हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रवार प्रतितोला एक लाख १९ हजारमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आइतबार तेजावी सुन तोलामा १ लाख २० हजार दुई सय रुपैयाँ कायम भएको छ । आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *