तीज पर्वले महिलाहरूको समान पहुँचलाई सशक्त बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी

Sharing is caring!

असोज १, २०८० । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज २०८० को अवसरमा शुभकामना दिँदै महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने बताएकी छिन् ।

सोमबार सुभकामना सन्देश जारी गर्दै यस्ता पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने बताएकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले हरितालिका तीज नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा मौलिक धार्मिक तथा सांस्कृतिक पर्व रहेको भन्दै देश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र सौभाग्यको शुभकामना व्यक्त गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *