Hitkhabar https://hitkhabar.com/ The new era of Information Sat, 27 Apr 2024 07:30:13 +0000 en-US hourly 1 https://hitkhabar.com/wp-content/uploads/2018/04/cropped-hitkhabar-32x32.jpg Hitkhabar https://hitkhabar.com/ 32 32 नेपालमा उत्पादित चिया विश्व बजारमा फैलाउन जरुरी : कृषिमन्त्री ज्वाला कुमारी शाह https://hitkhabar.com/tea-produced-in-nepal-is-spreading-to-the-world-market/ https://hitkhabar.com/tea-produced-in-nepal-is-spreading-to-the-world-market/#respond Sat, 27 Apr 2024 07:30:11 +0000 https://hitkhabar.com/?p=28314

वैशाख १५, २०८१ । कृषि, पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले नेपालमा उत्पादित चिया विश्व बजारमा फैलिदै गएको बताएकी छिन्

The post नेपालमा उत्पादित चिया विश्व बजारमा फैलाउन जरुरी : कृषिमन्त्री ज्वाला कुमारी शाह first appeared on Hitkhabar.

The post नेपालमा उत्पादित चिया विश्व बजारमा फैलाउन जरुरी : कृषिमन्त्री ज्वाला कुमारी शाह appeared first on Hitkhabar.

]]>

वैशाख १५, २०८१ । कृषि, पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले नेपालमा उत्पादित चिया विश्व बजारमा फैलिदै गएको बताएकी छिन् ।

शनिबार २८औं चिया दिवसका अवसरमा शुभकामना सन्देश दिंदै चिया उत्पादनमा नेपाल पूर्ण आत्मनिर्भर नभइ भारतलगायत विश्वका देशहरुमा निर्यात बढाइरहेकोमा खुशी व्यक्त गरिन । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा टेवा पुग्न गएको एवम चुलिंदो व्यापार घाटालाई न्यूनीकरण गर्न चियाले उल्लेख्य योगदान गरेको पनि मन्त्री शाहले बताइन ।

त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा.दीपक खनालले कृषि उपजहरु मध्ये आन्तरिक उपभोग र निर्यात व्यापारमा समेत उल्लेखनीय उपस्थिति जनाउने नेपाली चिया गुणस्तरमा अब्बल रहेको कुरा अन्तर्राष्ट्रिय चिया परीक्षण प्रतिस्पर्धामा अब्बल देखिएको प्रमाणीत भइसकेको बताए ।

‘रोपण क्षेत्र विस्तार, उत्पादकत्व बृद्धि, नयाँ प्रविधिजन्य प्रशोधन पद्धती एवम आकर्षक प्याकेजिक र बजारीकरणका माध्यमबाट नेपाली चियालाई अझै बलियो बनाउन सबैले दृढ संकल्प गर्नुपर्छ,’ खनालले भने ।

‘संस्कृति, कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण’ भन्ने मूल नाराका साथ बैशाख १५ गते २८ औं राष्ट्रिय चिया दिवस मनाइँदैछ ।

The post नेपालमा उत्पादित चिया विश्व बजारमा फैलाउन जरुरी : कृषिमन्त्री ज्वाला कुमारी शाह first appeared on Hitkhabar.

The post नेपालमा उत्पादित चिया विश्व बजारमा फैलाउन जरुरी : कृषिमन्त्री ज्वाला कुमारी शाह appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/tea-produced-in-nepal-is-spreading-to-the-world-market/feed/ 0
बाल अधिकारको क्षेत्रमा सरकारको बलियो उपस्थिति आवश्यक : मन्त्री चौधरी https://hitkhabar.com/bhagwati-chaudhary-minister-for-women-children-and-senior-citizens-2/ https://hitkhabar.com/bhagwati-chaudhary-minister-for-women-children-and-senior-citizens-2/#respond Sat, 27 Apr 2024 07:19:24 +0000 https://hitkhabar.com/?p=28309

वैशाख १५, २०८१ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधारका लागि निर्देशन दिएकी

The post बाल अधिकारको क्षेत्रमा सरकारको बलियो उपस्थिति आवश्यक : मन्त्री चौधरी first appeared on Hitkhabar.

The post बाल अधिकारको क्षेत्रमा सरकारको बलियो उपस्थिति आवश्यक : मन्त्री चौधरी appeared first on Hitkhabar.

]]>

वैशाख १५, २०८१ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधारका लागि निर्देशन दिएकी छन् । मन्त्री नियुक्त भएर आएपछि पहिलो बैठकको अध्यक्षता गर्दै परिषद्का अध्यक्ष समेत रहेका मन्त्री चौधरीले त्यस्तो निर्देशन दिएकी हुन् ।

बाल अधिकारको क्षेत्रमा काम गर्ने सरकारको विशिष्टिकृत निकाय राष्ट्रिय बाल अधिकार परिषद् भएको कारणले यसको शासकीय सुधार, यसले समाजमा प्रभाव पार्ने नीति, योजना र कार्यक्रममा बाल अधिकार केन्द्रित हुने हिसाबले काम गर्न परिषद्लाई मन्त्रीले निर्देशन दिइन ।

बैठकले बालगृह, बाल सुधार गृहका विषयमा जति पनि समस्या देखिएका छन् । त्यो समस्याहरूका बारेमा छानबिन गर्ने, संस्थालाई सबलीकरण बनाउने विषयमा बैठकले निर्णय गरेको छ । यस्तै बैठकले परिषद्को पदाधिकारीको जिम्मेवारीमा केही हेरफेर समेत गरेको छ । जसअनुसार समन्वय लगायतका कामको जिम्मेवारी परिषद्का उपाध्यक्ष र प्रशासनिक तथा आर्थिक कामको जिम्मेवारी सदस्य सचिवले गर्ने गरी निर्णय गरेको हो । सदस्य सचिवबारे केही प्रश्नहरू उठेको भन्दै उनले नियमावलीमा जे अधिकार दिइएको छ त्यो भन्दा बाहिर गएर काम गर्दा प्रश्न उठेको बताइन । राज्यका हरेक निकायमा बसेका व्यक्तिहरूले ऐन, कानूनलाई अक्षरशः पालना गर्नुपर्ने उनको भनाई थियो ।

मन्त्री चौधरीले सडक बालबालिका मुक्त बनाउने, बाल अधिकारका क्षेत्रमा सरकारको बलियो उपस्थिति रहने गरी योजनाबद्ध रूपमा काम गर्नका लागि अगाडि बढ्न निर्देशन दिँदै सिस्टमेटिक हिसाबले यो संरचनालाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याइन ।

‘अब सडकमा बालबालिका देखिनुहुँदैन । अबका दिनमा सडकमा बालबालिका नभेटिने गरी परिषद्ले काम गर्नुपर्छ’, उनले भने, ‘यो विषयमा हामी काम गरौँ । यदि सडकमा बालबालिका भेटिइहाल्यो भने हामीसँग बालगृह, बाल संगठनहरू छन् । त्यसकारण हाम्रो कमिटमेन्ट पनि नयाँ परिमार्जनको कुरामा हुनुपर्छ । अब सडकमा बालबालिका भेटिनु हुँदैन ।’

देशभरि सन्देश जाने हिसाबले बालबालिकाका लागि के(कस्ता काम गर्ने ? कसरी काम गर्ने ? विषयमा योजना बाहिर ल्याउने निर्णय गरेको छ । त्यस क्रममा मन्त्री चौधरीले बालबालिका सम्बन्धी ऐन, कानून, सेवा सुविधा, अदालतका फैसला लगायतका विषय समेटिएको बडापत्र निर्माण गर्न समेत निर्देशन दिएकी छिन् । मन्त्री चौधरीले परिषद् अन्तर्गत रहेको उपसमितिलाई जिम्मा दिएर बडापत्र तयार गरी यस सम्बन्धी निकाय तथा स्थानीय तहसम्म पुग्ने गरी बडापत्र जारी गर्न निर्देशन दिएकी हुन् ।

बैठकमा मन्त्रालयका सचिव दिनेश भट्टराईले ओएनएमका लागि प्राइमरी डकुमेन्ट बनाएर मन्त्रालयले यसको थप कारबाही गर्नुपर्ने बताए । बालगृह र अस्थायी संरक्षण सेवा केन्द्रका विषयमा जति पनि सवालहरू उठेका छन् । ती उठेका सवालहरूमा मन्त्रालयले आवश्यक नीतिगत निर्णय गर्ने मन्त्रालयका सचिव दिनेश भट्टराईले त्यस क्रममा बताए ।

परिषद्का सदस्य सचिव इद्रादेवी ढकालले एनआरएनएसँग भएको सम्झौतामा कमजोरी भएको स्वीकार गरेका थिइन । आफूमाथि उठेका प्रश्नका विषयमा जवाफ दिँदै ढकालले भनिन ‘एनआरएनएको सम्झौताको सन्दर्भमा उमा रेग्मी मन्त्री हुँदा सडक बालबालिका उद्धारका लागि डेढ करोड बजेट नपुगेको अवस्थामा एनआरएनएको महिला ग्रुप भिजिटमा आएका थिए ।

मन्त्रीकै पहलमा उक्त सम्झौताको प्रक्रिया अगाडि बढेको हो । एक बालबालिका बराबर मासिक ५ हजार रुपैयाँका दरले युसेफमा सिँधै रकम जाने गरी सम्झौता गरिएको छ । यहाँ बजेट नआएर डाइरेक्ट उतै पैसा जाने गरी, डाइरेक्ट कर्मचारीले हेर्ने गरी त्यहाँ ५० जना बच्चाको पैसा त्यहाँ गएको छ । यदि त्यो गलत छ भने, म फिर्ता ल्याउन तयार छु ।’

The post बाल अधिकारको क्षेत्रमा सरकारको बलियो उपस्थिति आवश्यक : मन्त्री चौधरी first appeared on Hitkhabar.

The post बाल अधिकारको क्षेत्रमा सरकारको बलियो उपस्थिति आवश्यक : मन्त्री चौधरी appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/bhagwati-chaudhary-minister-for-women-children-and-senior-citizens-2/feed/ 0
शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ शिक्षक https://hitkhabar.com/%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%af/ https://hitkhabar.com/%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%af/#respond Sat, 27 Apr 2024 05:01:19 +0000 https://hitkhabar.com/?p=28304

वैशाख १५, २०८१ । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ

The post शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ शिक्षक first appeared on Hitkhabar.

The post शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ शिक्षक appeared first on Hitkhabar.

]]>

वैशाख १५, २०८१ । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीमा चार हजार ४६२ शिक्षकको लागि आवेदन माग गरेको छ ।

आज सातै प्रदेशका लागि खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, अपाङ्गता, दलित, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, लगायतका विभिन्न समूहमा विज्ञापनद्वारा शिक्षक माग गरिएको हो ।

बागमती प्रदेशमा सबैभन्दा धेरै एक हजार १०३, कोशीमा १ हजार ०७७, गण्डकीमा ८००, मधेशमा ५०८, लुम्बिनीमा ४९५, सुदूरपश्चिममा ३०२ र कर्णालीमा १७७ जनाका लागि आयोगले आवेदन खुलाएको छ ।

योग्यता पुगेका इच्छुकले जेठ १३ गतेसम्म र दोब्बर दस्तुरमा भने जेठ २० गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ ।

शिक्षक सेवा आयोग विज्ञापन २०८१ :

The post शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ शिक्षक first appeared on Hitkhabar.

The post शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४६२ शिक्षक appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/%e0%a4%b6%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%95-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%86%e0%a4%af%e0%a5%8b%e0%a4%97%e0%a4%b2%e0%a5%87-%e0%a4%ae%e0%a4%be%e0%a4%97%e0%a5%8d%e0%a4%af/feed/ 0
चिया नीतिमा सरकार गम्भीर छैन : व्यवसायी उदय चापागाइँ https://hitkhabar.com/tea-garden/ https://hitkhabar.com/tea-garden/#respond Sat, 27 Apr 2024 04:41:49 +0000 https://hitkhabar.com/?p=28300

वैशाख १५, २०८१ । म बच्चा हुँदादेखि नै इलाम घुम्न जान्थें । स्कुले शिक्षाको लागि अध्ययन गर्दाखेरि पनि म झापाको

The post चिया नीतिमा सरकार गम्भीर छैन : व्यवसायी उदय चापागाइँ first appeared on Hitkhabar.

The post चिया नीतिमा सरकार गम्भीर छैन : व्यवसायी उदय चापागाइँ appeared first on Hitkhabar.

]]>

वैशाख १५, २०८१ । म बच्चा हुँदादेखि नै इलाम घुम्न जान्थें । स्कुले शिक्षाको लागि अध्ययन गर्दाखेरि पनि म झापाको चियाबारीमा घुम्न जान्थें । आँखाको दृष्टिले भ्याएसम्म चियाबारी देखिन्थ्यो । पछि कलेज पढ्न थालेपछि आइएको परीक्षा केन्द्र चियाको जिल्ला भनेर चिनिने इलाममा नै पर्यो । परीक्षा केन्द्र भएको क्याम्पस चियाबारीको बिचमा थियो । त्यसबेला चियाको बोटहरुले ढपक्क छोपेको देख्दा चियाबारी छाडेर फर्कन मनै लाग्दैनथ्यो । वि.स. २०२८ सालतिर पहिलो पटक म इलामको चियाबारीमा पुगेको हुँ । चियाका बुट्टाहरु हेरेर म भविष्य सोच्ने गर्दथें । त्यहीबाट मोहित भएर चिया व्यवसायलाई आफ्नो कर्मको रुपमा अंगाले ।

व्यावसायिक सिलसिलामा पछि म जर्मनी जाँदाखेरि त्यहाँ दार्जिलिङको चिया पाइने रहेछ । मेरो झापा भद्रपुर घर भएपनि बेला बेला म दार्जिलिङ पनि घुम्न गइरहन्थें । दार्जिलिङको चियाबारी पनि हेरेको थिए । फेरि म आफैं पनि चियाप्रेमी मान्छे हुँ । अनि जर्मनीमा मैंले त्यसबेला पिएको चिया आसामको रहेछ । खासमा भन्नुपर्दा ठाउँ ठाउँको चियाबारीबाट नै प्रभावित भएर म चिया व्यवसायमा लागेको हुँ ।

झापामा चियाबारीमै लड्दै, खेल्दै हुर्किएको हुँ । तर व्यवसायका रुपमा चियाबारीमा प्रवेश गरेको चाँही आजभन्दा करिब ३० वर्ष अगाडि सन् १९९४ बाट हो । व्यवसायका रुपमा सुरु गर्दा ‘मुना चिया’ भन्ने थियो । त्यसको पसल काठमाडौंको न्यूरोडमा थियोे । त्यहाँ थरि थरिका मान्छेहर आउँथे । त्यहाँ मैंले मुना चिया र पहाडको चिया(अर्थोडक्स)को व्यवसाय गरें । व्यवसाय गर्दै जाँदा पछि मलाई चियाको विषयमा अध्ययन नै गर्ने मन लाग्यो । पछि म दार्जिलिङको चियाबारे हेरे, घुमे, बुझे । त्यहाँको चिया बेलायतको महारानीले पिउनुहुन्छ भन्ने सुनेको थिए । त्यहाँ पुगेर त्यो चियाको स्वाद पनि लिए । पछि इलामतिर घुम्न जाँदा झापाको चिया र ती दुई ठाउँको चियामा खासै भिन्नता देखिन ।

अध्ययन र उद्योग सँगसँगै
विभिन्न समयमा जर्मनी जाने अवसर मिल्यो । ‘सिचुआन विश्वविद्यालयमा चियाबारे अध्ययन पनि गरे । अध्ययनपछि म हामी चिया उद्योगी र व्यवसायीका रुपमा उत्कृष्ट हुन सकिन्छ भन्ने निष्कर्षमा पुगें । चिया उद्यमीका रुपमा काम सुरु गरेपछि ट्रकमा चिया लोड गरेर आफैं कोलकत्ता जान्थें । त्यहाँबाट जहाजमा लोड गरेर जर्मनी पुर्याउँथे । त्यसमा हामी २० जना मन मिल्ने साथीहरु थियौं । इलामबाट कोलकत्ता र त्यहाँबाट जर्मनीमा हामीले बजार फैलायौं ।

विश्व बजारमा गइसकेपछि गुणस्तरका सवालमा प्रशस्त प्रश्नहरु आए । जसका कारण आफैं केही नयाँ काम सुरु गर्ने लक्ष्य अनुरुप भारतको बैङ्लोरबाट प्राङारिक मल बनाउने मान्छे बोलाएर मल उत्पादनमा लागें । मल उत्पादनका लागि पहिले मंैले किसानहरुलाई निशुल्क गाई वितरण गरे । चिया उित्पादन गर्नका लागि सुहाउँदो वातावरण तयार गर्दै गयौं । गाईको गोबर, गाईको पिसाब र अन्य विभिन्न घासपातहरुबाट मल बनाउने कामलाई निरन्तरता दियौं । मैले भारतबाट बोलाएका मान्छेले नेपाली किसानका घर घरै गएर प्राङगरिक मल बनाउन सिकाइदिए । त्यही मलको प्रयोगबाट उत्पादित चिया गोर्खा टी स्टेटमार्फत विश्व बजारमा लगिरहेका छौं ।

अहिले मैले उत्पादन गर्ने चिया पाँच वटा देशरुमा जान्छ । इलामको सुन्दरपानी भन्ने ठाउँमा मैले उत्पादन गर्ने चिया र त्यसको कारखाना छ । सुन्दरपानीकै ब्राण्डको नामले चिया सप्लाई हुन्छ । यसो गदागर्दै चिया बनाउनमा दक्षिण एसियामै एक नम्बरमा पर्न सफल भइसकेका छौं । चिया उत्पादन गर्नका लागि किसानलाई प्रोत्साहन गरिरहेका छौं । यद्यपी, हामी अझैपनि किसानमा निर्भर छौं तर दार्जिलिङका ठूला ठूला बगान नै छन् ।

चियाबाट समृद्धि टाढा छैन
हाम्रो समाजमा चियाले मानिसलाई हानी गर्छ भन्ने भाष्य मात्र निर्माण गरिएको छ । चिया हाम्रो लागि स्वास्थ्यवद्धक छ । श्रीलंकाले त कोरोना भाइरस संक्रमण फैलिरहेको बेलामा ‘चिया खाउ कोरोना भगाऔं’ अभियान नै चलायो । चिया यति फाइदाजन छ तर हामीले चियालाई प्राकृतिक रुपमै उत्पादन, भण्डारण र सप्लाई गर्न सकियो भने नेपालको समृद्धि धेरै टाढा छैन ।

मैंले अर्थात मेरो काराखानले उत्पादन गर्ने चिया पुरै अर्गानिक हो । तीनवटा सहकारीहरु चियाखेतीमा आवद्ध गराएका छौं । सबै किसानहरु सहकारीमा आवद्ध हुनुपर्छ । सबै चिया हामी किन्छौं । तर राम्रो बजार र बजार मूल्य दिन्छौं भनेर पनि आए तर प्रतिस्पर्धा गर्न कठिन छ । हाम्रो कारखानको चियाको जाँच र परीक्षण नै जापान अमेरिका, बेलायत, जर्मनी लगायतका देशरुबाट हुन्छ । त्यसैले मेरो चिया पुर्णतः अर्गानिक छ । यसले मलाई व्यवसायीक रुपमा विभिन्न चुनौति पनि छन् ।

चियाको बजारीकरणमा ठुला चुनौती मैले देखेको छु । चिया किन्दै आएका उद्योगी व्यवसायीहरुले किसानलाई अर्गानिक चिया उत्पादन गर्न सहयोग नगर्ने, उचित बजार मूल्य नदिने लगायतका समस्याहरु भोगिरहेका छन् ।सहयोगी चिया उद्योगीहरु एकदमै कम मात्र हुनुहुन्छ । मेरै छिमेकमा पनि चियामा विषादीहरु प्रयोग गर्नुहुन्छ । चियामा केमिकल फेर्टिलाइज, युरियाहरु प्रयोग गर्नुहुन्छ । कुनैपनि रोग लाग्यो भने स्प्रे गर्नुहु्न्छ ।

कन्यामको चियाबारी सरकारको हो । त्यहाँ घुम्दा आँखा पोल्छ, नाक पोल्छ । विषादीका कारण त्यो चियाबारी मुनि बस्ने मान्छेहरुले विषादी मिसिएको पानी पिउन बाध्य छन् । वातावरण नै धुमिल भइसकेको छ ।

मैले श्रीलंकामा दुईहप्ता हेरे, घुमे । त्यहाँ किसानहरुलाई सरकारको साथ र सहयोग छ । प्राङ्गारिक मलदेखि लिएर आवश्यक परिपुर्तीसम्म पाउने व्यवस्था छ । यद्यपी, त्यो कष्टपूर्ण र महंगो पनि छ । नेपालमा पनि सरकारले सचेतना, सहयोग गरिदियो भने भएका उद्योगहरु प्राङ्गारिक हुनेछन् । चियाले मूल्य पाउनेछ ।

मेरो छिमेकीहरुले चियाको मूल्य बजारमा नौ सय रुपैयाँ पनि पाउँदैन । मैले आँखा चिम्लेर १२ सय पाउँछु नि । फेरि अरुले मलाई तैले त १२ सय पाउँछस भन्छन् । त्यसमा लगाएको लगानी कति छ त्यो देख्दैनन् । म किसानलाई हरियो पत्तिको एक सय सात रुपैयाँ दिन्छु । म मार्केटबाट बोनस दिलाउँछु । मेरो प्राङ्गारिकमा जति पनि प्रमाणीकरण गर्न लाउने देशका नाम लिए मैले त्यो सबै म ब्यहोर्छु ।

यसमा सरकारले केही गर्नुपर्दैन । बाहिर पठाउने चियामा गुणस्तर राम्रो दिएमात्रै पनि पुग्छ । मैले त त्यो गरिरहेको छु । मैले मात्र गरेर त हुँदैन । हामीले यस कुरामा प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री लगायतलाई भेटेर कन्भिन्स गराएका छौं । तर हचुवाको भरमा विषादी प्रयोग गरिरहेका छन् । तर सुविधा बराबरी दिइन्छ । यसकारण पनि चिया उत्पादनमा किसानको आकर्षण घट्दो छ । हाम्रो चियाबारीमा काम गर्नेहरुले हाम्रो ब्राण्डलाई अर्कै नाम राखिसक्यो । उनीहरुले त अब कति चिया दिन सक्छस भनेर पनि सोध्न थालिसके ।

सरकारले एउटा नीति तथा कायक्रम बनाइदिए राहत हुन्थ्यो । यही काम मैले श्रीलंकामा गर्न पाए । त्यहाँ सुरुमा म एकदम न्यून ब्याजमा पैसा पाउँछु । पछि मैले उत्पादन गरेर बेचेको चियामा मलाई राम्रो मूल्य दिन्छ । सुरुमा मलाई २०–२५ प्रतिशत दिन्छ ।

भूपि शेरचनले भनेजस्तै–‘म देशैभरी इलामै इलाम छर्न चाहन्छु’ भनेजस्तै पुरै इलामलाई अर्गानिक गर्न सक्नुपर्छ । सक्यौं भने ७० लाख किलो चिया उत्पादन हुन्छ । यतिबेला लगभग १२ देखि १५ हजार किसान आवद्ध छन् उनीहरुले राम्रो मूल्य पाउन सक्छन । देशबाट अहिले वर्षेनी ४ अर्बको चिया बाहिर जान्छ भने यसमा सरकारले ठुलो लगानी र ठुलो नीति ल्याउनै पर्दैन ।

चिया नीतिमा सरकार गम्भीर छैन
नेपालमा पहिले चिया नीति थिएन । वि.स. २०५७ सालमा पहिलो पटक नेपालमा चिया नीति बनेको हो । त्यतिबेलाको टी बोर्ड(चिया तथा कफि विकास बोर्ड)को अध्यक्ष भुवन पाठक हुनुहुन्थ्यो । त्यो नीति निर्माणमा मेरो पनि भूमिका छ । त्यो नीति एकदम राम्रो बनाएका थियौं । श्रीलंक र भारतको पनि अध्ययन गरेर बनाएका थियौं । त्यो नीतिलाई पछि तत्कालिन कृषिमन्त्रीमार्फत मन्त्रिपरिषदबाट पास पनि भयो । पछि लागु हुने अवस्थामा पनि गयो । चिया नीतिको दफा ४ को उपदफा ४ मा के भनेका थियौं भने चियाखेतीमा आवद्ध किसान र सरकारको ५० प्रतिशत लगानीमा चल्ने गरि चिया बोर्ड गठन गरौं भन्ने थियो । पछि राजनीति दलहरुको हस्तक्षेप गरे ।

जसका कारण न चिया खेती लागू भयो न चिया बोर्ड नै गठन गर्न सकियो । चिया नीति बनेको २३ वर्षसम्म पनि चिया नीति लागु हुन सकेको छैन । २३ वर्ष बितिसक्दा हाम्रो अनुभवले के भन्छ भने सरकारले चिया नीतिमा काम गरेन । टी बोर्डमा चिया बारे केही जानकारी नभएका मान्छेलाई नियुक्त गर्यो । कुनैबेला मसँग इलाम जाँदा चियाको बोट देखाएर अध्यक्षले नै सोध्नुभयो–‘चिया कहाँ फल्छ ?’

विश्वभरका सबै देशका चियाहरु आफ्नै ब्राण्ड बनाएर विश्व बजारमा जान्छन् । तर हामी मकैबारी नाम लिएर चिया बेच्न जानु ? ब्राण्डनेम राख्नुपर्दैन ? भन्ने कुरामा म आफैंले अग्रसरता लिए । पहाडी चियाको म अध्यक्ष पनि थिए । मैले धेरै काम गरे । विदेश निर्यात गर्ने चियाको नाम ‘नेपाल टी’ भनेर पठाउने भनेर प्रस्ताव गरें । त्यो नाम पनि टी बोर्डका अध्यक्षले अस्वीकार गरिदिए । किनभने उनी चियाबारे अनभिज्ञ थिए । पटक पटक यस्तो भयो । चियाबारे जानकारी नभएकाहरुका कारण समस्या अहिलेपनि जारी छ ।

एकताका मलाई एनओसी(नो अब्जेक्सन लेटर) दिइएन । पछि हामीले नेपाल टी क्वालिटी फरम दि हिमालय भन्ने ब्राण्ड बनायौं । त्यही ब्राण्डलाई टेकेर व्यवसाय गर्यौं । तर त्यो नीति आजसम्म पनि लागु हुन सकिरहेको छैन । अहिले जति पनि दलहरु सरकारमा जान्छन् जो कृषिमन्त्री हुन्छन् । उनीहरुले अगाडिको ढोकाबाट हुन्छ कि पछाडिको ढोकाबाट हुन्छ, त्यही बाटोबाट टी बोर्डमा पदाधिकारी नियुक्त गर्नुहुन्छ । हामी सहि बाटो हिड्न सकेनौं । चिया व्यवसायीसँग सम्बन्धित छ वटा संगठनका साथीहरु मिलेर यसो गर्न पाइदैन भनेर कृषिमन्त्रीलाई भनेका छौं । अनि हामीले अब पनि चिया नीति अनुसार काम गर्नुभयो भने टि बोर्डलाई नै बहिस्कार गर्छौं भनिसकेका छौं । हामीले सहि बाटोमा लाने प्रयास गर्दैछौं ।

विश्व बजारमा फड्को
नीजि क्षेत्रका कारण विश्व बजारमा नेपाली चियाले ठूलो फड्को मारिसक्यो । विश्वका विभिन्न देशरुले सहभागी हुनेक्रम जारी छ । केही समारोहमा त नेपालले गोल्ड मेडल पाएको छ । मेरो आफ्नै कारखानाले गोल्ड मेडल पायो । अब हामीलाई विश्व बजारमा कसैले पनि चुनौती गर्न सक्दैन । मैले विश्वका सबै मुलुकसँग वार्ता गरेर हामीलाई चुनौति दिन सक्नुहुन्न पनि भनिसकेको छु ।

विश्वमा भेटिएका चिया व्यवसायीहरुलाई सगरमाथाको बेसक्याम्पमा लगेर चियाको स्वाद चखाउँछु भन्यौं । चखायौं पनि । अहिले विभिन्न देशका पत्रकार र व्यवसायीहरुले त्यस्ता समारोहहरु अझै गरौं भनिरहेका छन् । तर कसरी गर्ने ? अहिले प्रदेश एक सरकारले चिया अन्तरक्रियाका लागि दुई करोड ५० लाख रुपैयाँ छुट्याएको छ भन्ने सुन्यौं । त्यसको जिम्म फेरि एनआएनएलाई दिएछ । त्यो गैरआवासीय संस्थाले अन्तर्राष्ट्रिय बारहरुसँग समन्वय गरेर अन्तरक्रिया गर्नसक्छ ? हामीले उहाँहरुलाई हाम्रो अनुभव पनि लिएर गर्न सुझाव दिएका थियौं । आउँदो जेठमा त्यो कार्यक्रम हुने भनिएको छ । हेरौं कसरी गर्नुहुन्छ ।

चिया खेतीको बारेमा सहकार्यका लागि भारतलगायतका छिमेकी राष्ट्रहरु पनि तत्पर देखिएका छन् । पहिले एकचोटी भारतसँग सहकार्य समेत भएको थियो । तर त्यो सम्झौताको फाइल सिंदरबारमै अड्किएछ । पछि हामीले खोज्दा फाइल नै हराएछ । अब फाइल हराएपनि भारतले प्रक्रिया अगाडि बढाइसकेको छ । छिट्टै चियाखेती विश्वमै ब्राण्ड हुनेछ भन्ने आशा लिएका छौं । तर हाम्रो ८० प्रतिशत बजार भारत हो । भारतले अब चिया लिएर जाने ट्रकबाट नमुना लिएर त्यसको परीक्षणको नतिजा नआउञ्जेलसम्म नलिने नीति अपनाएको छ । यसकारण नेपालमा रहेका चिया उद्योगहरु बन्द हुने अवस्थामा छन् । यसका लागि सरकारले तादरुकता देखाउन जरुरी छ ।

चिया व्यवसायीहरुको सरकारसँग कहिल्यै पनि सहकार्य हुन सकेन । नेपालका विभिन्न सरकारहरुले चिया खेतीलाई प्राथमिकता दिएको भएपनि अहिलेका सरकारले त्यति प्राथमिकतामा राखेको पाइँदैन । अहिलेको अवस्थामा झन राम्रो व्यवस्थाको कल्पना गरेका थियौं तर हामे अनुभवले के भन्छ भने सरकारबाट हामीले साथ र सहयोग पाएनौं । हाम्रो आर्थिक कुटनीति कमजोर छ । श्रीलंकाले आफ्नो राजदुतलाई नै चिया बेच्न अनुमति दिन्छ । आफ्नो राष्ट्रिय दिवसमा पनि चिया उपहार दिन्छ । हाम्रो नेपालमा पनि ३० भन्दा बढी देशका दुतावासहरु छन् । उहाँहरुसँग सहकार्य गर्नुपर्दछ । चिया व्यवसायलाई पर्यटनसँग जोड्न सकियो भने अपार सम्भावना छन् । मैले यसलाई पनि सँगै लिएर अघि बढेको छु । -(एनएनबिसँग गरेको कुराकानीमा आधारित)-

The post चिया नीतिमा सरकार गम्भीर छैन : व्यवसायी उदय चापागाइँ first appeared on Hitkhabar.

The post चिया नीतिमा सरकार गम्भीर छैन : व्यवसायी उदय चापागाइँ appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/tea-garden/feed/ 0
आजको विदेशी मुद्रा विनिमय दर https://hitkhabar.com/exchange-rate-of-foreign-currency-5/ https://hitkhabar.com/exchange-rate-of-foreign-currency-5/#respond Sat, 27 Apr 2024 02:10:09 +0000 https://hitkhabar.com/?p=28296

वैशाख १५, २०८१ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज

The post आजको विदेशी मुद्रा विनिमय दर first appeared on Hitkhabar.

The post आजको विदेशी मुद्रा विनिमय दर appeared first on Hitkhabar.

]]>

वैशाख १५, २०८१ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा पुगेको छ । शुक्रबार युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १४३ रुपैयाँ ३५ पैसा कायम थियो ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५१ पैसा र बिक्री दर १६७ रुपैयाँ २६ पैसा रहेको छ । शुक्रबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४४ पैसा र बिक्री दर १६७ रुपैयाँ १९ पैसामा कारोबार भएको थियो ।

शनिबार कतारी रियालको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसामा कारोबार भैरहेको छ ।

The post आजको विदेशी मुद्रा विनिमय दर first appeared on Hitkhabar.

The post आजको विदेशी मुद्रा विनिमय दर appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/exchange-rate-of-foreign-currency-5/feed/ 0
आइपीएलमा पञ्जाव किंग्सले बनायो सर्वाधिक रन चेसको रेकर्ड https://hitkhabar.com/indian-premier-league-18/ https://hitkhabar.com/indian-premier-league-18/#respond Sat, 27 Apr 2024 02:03:00 +0000 https://hitkhabar.com/?p=28292

वैशाख १५, २०८१ । इन्डियन प्रिमियर लिग आइपीएलमा पञ्जाव किंग्सले सर्वाधिक धेरै रन चेस गरेर रेकर्ड कायम गरेको छ ।

The post आइपीएलमा पञ्जाव किंग्सले बनायो सर्वाधिक रन चेसको रेकर्ड first appeared on Hitkhabar.

The post आइपीएलमा पञ्जाव किंग्सले बनायो सर्वाधिक रन चेसको रेकर्ड appeared first on Hitkhabar.

]]>

वैशाख १५, २०८१ । इन्डियन प्रिमियर लिग आइपीएलमा पञ्जाव किंग्सले सर्वाधिक धेरै रन चेस गरेर रेकर्ड कायम गरेको छ । शुक्रबार राति कोलकाता नाइट राइडर्सले दिएको २६२ रनको विशाल लक्ष्य पञ्जावले ८ बल बाँकी हुँदै २ विकेट गुमाएर पूरा गरेको थियो । पञ्जावलाई ८ विकेटको शानदार जित दिलाउन लागि जोनी वेरिस्टोले शतकीय पारि खेल्दा प्रभसिमनर सिंह र शशांक सिंहले अर्धशतकीय पारि खेले ।

विशाल लक्ष्य पछ्याउने क्रममा पञ्जावले राम्रो सुरुआत गरेको थियो । पहिलो विकेटका लागि प्रभसिमरन र जोनी वेरिस्टोले ६ ओभरमा ९३ रनको ठोस साझेदारी गरेका थिए । २० बल खेलेका प्रभसिमरन ५४ रन बनाएर रनआउटको सिकार भए । उनले पाँच छक्का र चार चौका प्रहार गरे । त्यसपछि रिले रुसोसँग वेरिस्टोले पारि खघि बढाए । रुसो १६ बलमा २६ रन बनाएर आउट हुँदा दुई छक्का र एक चौका प्रहार गरे । त्यसपछि शशांक सिंह र जोनी वेरिस्टोले पञ्जावलाई जित दिलाए । वेरिस्टोले ४८ बलमा १०८ रनको नटआउट शतकीय पारि खेले । उनले नौं छक्का र आठ चौका प्रहार गरे । यस्तै, २८ बलमा ६८ रन बनाएका शशांकले आठ छक्का र दुई चौका प्रहार गरे ।
कोलकाताका सुनिल नारेनले एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा ६ विकेट गुमाएर २६१ रन बनाएको थियो । कोलकाताले उत्कृष्ट सुरुआत गरेको थियो । १०.२ ओभरमा ओपनरद्वय फिल साल्ट र सुनिल नारेनले १३८ रनको साझेदारी गरको थिए । नारेन ३२ बलमा ७१ रनको पारि खेल्दै आउट भए । उनले चार छक्का र नौं चौका प्रहार गरे । यस्तै, फिल साल्टले ३७ बलमा ७५ रन जोड्दा छ छक्का र छ चौका प्रहार गरेका थिए । बेंकटेश अय्यरले २३ बलमा ३९ रन जोड्दा कप्तान श्रीयस अय्यरले १० बलमा २८ रन बनाए । यसैगरी आन्द्रे रसेलले १२ बलमा २४ रन जोडेका थिए । पञ्जावका अर्षदीप सिंहले दुई विकेट लिए ।

शुक्रबार रातिको जितसँगै पञ्जाव नौं खेलबाट छ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ भने पराजित भएको कोलकाता नाइट राइडर्स आठ खेलबाट १० अंकसहित तालिकाको दशौं स्थानमा छ ।

The post आइपीएलमा पञ्जाव किंग्सले बनायो सर्वाधिक रन चेसको रेकर्ड first appeared on Hitkhabar.

The post आइपीएलमा पञ्जाव किंग्सले बनायो सर्वाधिक रन चेसको रेकर्ड appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/indian-premier-league-18/feed/ 0
इलाम र बझाङमा मतदान सुरु https://hitkhabar.com/voting-3/ https://hitkhabar.com/voting-3/#respond Sat, 27 Apr 2024 01:54:39 +0000 https://hitkhabar.com/?p=28289

वैशाख १५, २०८१ । इलाम–२ मतदान सुरु भएको छ । बिहान सात बजेबाट शान्तिपूर्ण रुपमा सबै मतदान स्थल र केन्द्रमा

The post इलाम र बझाङमा मतदान सुरु first appeared on Hitkhabar.

The post इलाम र बझाङमा मतदान सुरु appeared first on Hitkhabar.

]]>

वैशाख १५, २०८१ । इलाम–२ मतदान सुरु भएको छ । बिहान सात बजेबाट शान्तिपूर्ण रुपमा सबै मतदान स्थल र केन्द्रमा मतदान सुरु भएको इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले तोकेको समय शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले मतदान गर्न पाउनेछन् ।
इलाम–२ मा ४२ वटा वडामा हुँदै गरेको मतदानका लागि ७९ वटा मतदान स्थल र १ सय ४९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको घिमिरेले जानकारी दिए । मतादानमा सहजीकरण,पारदर्शिता र स्वच्छता कायम गर्न आयोगले ७ सय ४५ जना कर्मचारी खटाएको जनाएको छ ।

त्यस्तै, यसैगरी बझाङ प्रदेश सभा–१(१) मा पनि मतदान सुरु भएको छ । बझाङ प्रदेश सभा–१(१) मा ७४ मतदान स्थलमा ९३ वटै मतदान केन्द्रमा मतदाता हुने बझाङको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभातर्फ इलाम–२ मा १९ र प्रदेश सभातर्फ बझाङमा १ (१) मा ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता छन्।बझाङ–१ (१) ६१ हजार ७४८ मतदाता छन्। बझाङ १ (१) ७४ मतदानस्थल र ९३ मतदान केन्द्र छ। त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील एवं ३२ अतिसंवेदनशील रहेका छन्।

दुवै जिल्लाका स्थानीय प्रशासनले निर्वाचन सुरक्षा व्यवस्था मजबुत पारेको दाबी गरेका छन्। आयोगले पनि निश्चिन्त भएर मतदान गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। इलाम –२ मा निर्वाचनमा मतदातालाई सहजिकरण होस भन्नाका लागि सार्वजनिक यातायात समेत सञ्चालन अनुमति प्रशासनले दिएको छ ।

The post इलाम र बझाङमा मतदान सुरु first appeared on Hitkhabar.

The post इलाम र बझाङमा मतदान सुरु appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/voting-3/feed/ 0
आज पहाडमा मेघगर्जन-चट्याङ्गसहित वर्षा र तराईमा हावा–हुरीको सम्भावना https://hitkhabar.com/masaum-16/ https://hitkhabar.com/masaum-16/#respond Sat, 27 Apr 2024 01:47:06 +0000 https://hitkhabar.com/?p=28285

वैशाख १५, २०८१ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम

The post आज पहाडमा मेघगर्जन-चट्याङ्गसहित वर्षा र तराईमा हावा–हुरीको सम्भावना first appeared on Hitkhabar.

The post आज पहाडमा मेघगर्जन-चट्याङ्गसहित वर्षा र तराईमा हावा–हुरीको सम्भावना appeared first on Hitkhabar.

]]>

वैशाख १५, २०८१ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले आज बिहानैबाट कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी साधारणतया मौसम बदली रहेको विभागले जनाएको छ । आज दिउँसो कोशी र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा आज हावा–हुरीको सम्भावना रहेको छ।

शनिबार राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।

The post आज पहाडमा मेघगर्जन-चट्याङ्गसहित वर्षा र तराईमा हावा–हुरीको सम्भावना first appeared on Hitkhabar.

The post आज पहाडमा मेघगर्जन-चट्याङ्गसहित वर्षा र तराईमा हावा–हुरीको सम्भावना appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/masaum-16/feed/ 0
ईपीएस रोस्टरमा रहेका नेपालीहरुले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने https://hitkhabar.com/service-sector/ https://hitkhabar.com/service-sector/#respond Sat, 27 Apr 2024 01:13:48 +0000 https://hitkhabar.com/?p=28279

वैशाख १५, २०८१ । कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका नेपाली युवाहरूले चाहेअनुसारको सेवा क्षेत्र (सर्भिस सेक्टर) परिवर्तन गर्न सक्ने

The post ईपीएस रोस्टरमा रहेका नेपालीहरुले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने first appeared on Hitkhabar.

The post ईपीएस रोस्टरमा रहेका नेपालीहरुले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने appeared first on Hitkhabar.

]]>

वैशाख १५, २०८१ । कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका नेपाली युवाहरूले चाहेअनुसारको सेवा क्षेत्र (सर्भिस सेक्टर) परिवर्तन गर्न सक्ने भएका छन् । ईपीएस कोरिया शाखाले शुक्रबार एक सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाहरूले २०२४ डिसेम्बरको ३१ तारिकभित्र सेवा क्षेत्र परिवर्तन गर्न सक्ने बताएको छ ।

ईपीएस कोरिया शाखाले रोस्टर परिवर्तन गर्न सक्नेहरुको नामावलीसहितको तालिका बिहीबार मानव संशाधन विकास (एचआरडी) कोरियाले पठाएको जनाएको छ । शाखाका अनुसार ९ हजार ४ सय २८ जनाको नाम पठाइएको छ ।

पहिले नै रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले अयोग्य भएमा सेवा क्षेत्र परिवर्तन गर्न नपाइने बताइएको छ । सेवा क्षेत्र परिवर्तन गरिए पनि रोस्टरको अवधि भने थप नभइ अघिल्लो रोस्टरको बाँकी अवधि बराबर नै हुने सूचनामा जनाइएको छ ।

भाषा परीक्षा पास गरेर कोरिया जान पर्खेर बसेका हजारौं युवाहरुले आफूहरूको समस्या समाधानका लागि पहल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याललाई अनुरोध गरेका थिए । गुनासो प्राप्त भएपछि श्रममन्त्री अर्यालले कोरियाका सम्बन्धित निकायका पदाधिकारीसँग पटक–पटक छलफल गरेका थिए ।

पछिल्लोपटक बुधबारमात्रै मन्त्री अर्यालले एचआरडी कोरिया मुख्यालयका प्रतिनिधि, एचआरडी कोरियाका नेपाल प्रतिनिधि, ईपीएस शाखा र कोरिया रिटर्नी एवम् रोस्टरमा रहेकाहरूबीच छलफल गराएका थिए । सो छलफलमा कोरिया पक्षले शीघ्र निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेको थियो । त्यसको भोलिपल्ट बिहीबार नै कोरिया पक्षले रोस्टर परिवर्तन गर्न सकिने निर्णय गरेको हो ।

कोरिया जान पर्खेर बसेका हजारौं युवा तथा सरोकारवालाहरूले क्षेत्र परिवर्तन गर्न पाउने कोरिया सरकारको निर्णयलाई सकारात्मक भनि टिप्पणी गरेका छन् । नेपालीको आकर्षक गन्तव्य दक्षिण कोरियामा लामो समय निजी क्षेत्रले पठाएको भएपनि विगत १५ वर्षदेखि सरकारले पठाउँदै आएको छ । १५ वर्षकको अवधिमा ईपीएस प्रणालीमार्फत नेपालबाट एक लाख एक हजार ५ सय ५६ जना नेपाली श्रमिक कोरिया पुगेका छन् । जसमध्ये महिलाको संख्या ६ हजार ७ सय रहेकोे छ भने बाँकी पुरुष छन् । यो खबर मध्यान्हबाट लिएका हौ ।

The post ईपीएस रोस्टरमा रहेका नेपालीहरुले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने first appeared on Hitkhabar.

The post ईपीएस रोस्टरमा रहेका नेपालीहरुले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/service-sector/feed/ 0
वेस्ट इन्डिज ‘ए’सँग बेस्ट दिन्छौं : कप्तान पौडेल https://hitkhabar.com/west-indies-a/ https://hitkhabar.com/west-indies-a/#respond Fri, 26 Apr 2024 14:42:34 +0000 https://hitkhabar.com/?p=28273

वैशाख १४, २०८१ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु मैदानमा खेलिने श्रृंखलाका लागि टोलि

The post वेस्ट इन्डिज ‘ए’सँग बेस्ट दिन्छौं : कप्तान पौडेल first appeared on Hitkhabar.

The post वेस्ट इन्डिज ‘ए’सँग बेस्ट दिन्छौं : कप्तान पौडेल appeared first on Hitkhabar.

]]>

वैशाख १४, २०८१ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ‘ए’ विरुद्ध घरेलु मैदानमा खेलिने श्रृंखलाका लागि टोलि तयार रहेको बताएका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले एसिसि प्रिमियिर कपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेकोमा सिंगो टोली नै चिन्तित रहेको भएपनि वेस्ट इन्डिजसँगको श्रृंखलाका लागि तयार रहेको बताए ।

उनले भने, ‘एसिसि प्रिमियिर कपमा सुरुदेखि नै एकदम राम्रो भइरहेको थियो । समूह चरणमै धेरै कुरा हामीले पाइसकेका थियौं । पहिलो चार वटा खेलहरुमा हामी सबैको राम्रो देखिरहेको थियो । सेमिफाइनल हारेपछि चाँही अलि निराश भयौं । तर हामी बलियो भएर तेस्रो स्थानका लागि सबै जना तयार थियौं । बट दुई वटा गेम हारियो । त्यो निराशा लिएर बस्नुभन्दा आउने टुर्नामेन्टका लागि हामी तयार छौं वेस्ट इन्डिजसँग राम्रो प्रदर्शन गर्छौं । बेस्ट दिन रेडि छौं ।’ पछिल्लो एक वर्षसम्म टोलीले राम्रो प्रदर्शन गरिरहेको भएपनि एसिसि प्रिमियर कपमा त्यो गति समात्न नसकेको पौडेलको भनाइ छ ।

अगामि मे मा हुने टि–२० विश्वकपको तयारी स्वरुप नेपाल र वेस्ट इन्डिज ए बीच शनिबारदेखि पाँच खेलको श्रृंखला हुन लागेको हो । शृंखलामा सहभागी हुने वेस्ट इन्डिजको टोली बुधबार नै काठमाडौं आइपुगेको छ । वेस्ट इन्डिजको टोलीले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नियमित अभ्यास पनि गरेको थियो ।

नेपालको प्लेइङ : रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल ।

वेस्ट इन्डिज ‘ए’ को प्लेइङ : रोस्टन चेज (कप्तान), एलिक एथनाज (उपकप्तान), फाबियन एलन, कादिम एलिन, जोशुआ बिशप, केसी कार्टी, जोन्सन चार्लस, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हेडेन वाल्श ।

The post वेस्ट इन्डिज ‘ए’सँग बेस्ट दिन्छौं : कप्तान पौडेल first appeared on Hitkhabar.

The post वेस्ट इन्डिज ‘ए’सँग बेस्ट दिन्छौं : कप्तान पौडेल appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/west-indies-a/feed/ 0