कांग्रेसलाई कसैले पराजित गर्न सक्दैन् : डा.शंशाक कोइराला

Sharing is caring!

फागुन १२, २०८० । नेपाली कांग्रेसका नेता डा.शंशाक कोइरालाले महासमितिको बैठकपछि सबै प्रतिनिधिहरु उत्साह र उमंगकासाथ गाउँ फर्कन आग्रह गरेका छन् ।

शनिबार काठमाडौंका डा.कोइरालाले महासमिति सदस्यहरुको सम्मानमा आयोजना गरेको चियापान कार्यक्रममा उनले अब देशको भविष्य कांग्रेससँग मात्र भएको जिकिर गर्दै सबैलाई घर फर्कदा उत्साह र उमंगसाथ फर्कन आग्रह गरे ।

उनले भने,‘अब घर जाँदा आउँदो निर्वाचनमा कांग्रेस सर्वश्रेष्ठ पार्टीको रुपमा अझ मलजल गरेर सर्वश्रेष्ठ पार्टी बनाउनुपर्छ । जाँदा एउटा उत्साहको साथ जानुपर्छ । उमंगकासाथ जानुपर्छ । भविष्य हाम्रो हो । कसैको होइन् कांग्रेस हाम्रो भविष्य हो । कांग्रेसहरु एक ढिका भयो भने नेपाली कांग्रेसलाई कसैले पराजित गर्न सक्दैन् त्यो प्रतिबद्धताकासाथ अगाडि बढ्नुहोस् ।’

उनले विपी कोइरालाले देश र जनताका लागि गरेको बलिदानलाई कांग्रेसले सदैव सम्झनुपर्ने बताए । कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्री प्रकाशमान सिंह ,कृष्णप्रसाद सिटौलालगायत पार्टीका नेता, महासमिति सदस्य तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *