३० हजार घूससहित प्रहरी नायब निरीक्षक पक्राउ

Sharing is caring!

मंसिर १२, २०८० । बर्दियामा घूस लिएको ३० हजार रुपैयाँसहित एक जना प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत सई पवन साउद पक्राउ परेका हुन् ।

लागूऔषध मुद्दा मिलाइदिने गरिदिने भन्दै सेवाग्राहीसँग घूस मागिरहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले मंगलबार पक्राउ गरेको हो ।

आयोगको टोलीले उनलाई ३० हजार रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताएका छन् । सई साउदलाई इलाका प्रहरी कार्यालय मैनापोखरको मुद्दा शाखाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *