ज्ञानेन्द्र शाहीको प्रश्न : ‘के प्रधानमन्त्री अदालत भन्दा माथि छन् ?’

Sharing is caring!

फागुन १०, २०८०। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारीको घटनाका दोषिलाई जेल हाल्न माग गरेका छन् ।

विहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले भने,‘फागुन ६ गतेको सदनमा १२ बजेर १२ मिनेटमा प्रधानमन्त्रीले बालकुमारीको घटना हत्या हो भनेर भन्नु भएको थियो । देशको कार्यकारी प्रधानमन्त्रीले बालकुमारीको घटनाका हत्या भनेपनि आदेश दिने गृहमन्त्री, भौतिक पूर्वाधा मन्त्री र गोली हान्ने प्रहरीका डिएस्पीलाई प्रक्राउ गरेर जेल किन नहालेको ?’ उनले प्रश्न गर्दै भने,‘हत्या हो भने जेल हाल्नुपर्छ । प्रधानमन्त्री जस्तो मान्छेले जे पाए त्यही बोल्न पाइँदैन् ।’

उनले भने,‘प्रधानमन्त्रीले अपराधीलाई पक्राउ गरें भन्नुहुन्छ तर सम्मानित अदालतले पक्राउ पूर्जी जारी गरेका व्यक्तिहरु प्रधानमन्त्रीसँग चिया खाइ रहेका छन् । कुममा कुम जोडेर हिडिरहेका छन् । के प्रधानमन्त्री यो देशको अदालत भन्दा ठूलो हो ?’

सांसद शाहीले देश आर्थिक संकटमा फसेको, मिटरब्याजीहरुले आन्दोलन गर्न नपाएको, विकास योजनाहरु अलपत्र परेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *