आजपाद्वारा भन्सार विभाग घेराउ, ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजी माग

Share this news:

पुस १, २०८० । आम जनता पार्टी (आजपा) ले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजी माग गरेको छ । उक्त माग पूरा गर्न दबाब दिने उद्देश्यले भन्सार विभाग घेराउ गरिएको छ ।

नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था ‘लुटकारी प्रावधान’ रहेको भन्दै आइतबार त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउन गर्दै खारेजीको माग गरिएको हो ।

त्यस कार्यक्रममा सहभागी बिल्लुप्रसाद यादवले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको लुट भइ जनताको हातमा नगएर सिधा कर्मचारीको गोजीमा गइरहेको भन्दै त्यसको विरुद्धमा आन्दोलन गर्नुपरेको बताए ।

उनले भने, ‘भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको लुट भइरहेको छ । त्यो जनताको हातमा नगएर सिधा कर्मचारीको गोजीमा गइरहेको छ, यो अनाधिकृत कुरा हो । त्यो जनताले पाउनुपर्छ भन्ने हाम्रो माग हो । कर्मचारीहरुले बाँडिचुँडी खाने प्रवृत्तिविरुद्ध हामी उभिएका हौं ।’

आजपाले यसअघि गत असोजमा पनि त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *