सिनेमाघर एपमा ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज

Share this news:

असार १, २०८१ । व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २ः भष्मे डन’ नेपाली ओटिटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज भएको छ ।

दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाललगायतको अभिनय रहेको छ । फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी विशेष भूमिकामा छन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेको लेखन छ । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । फिल्ममा नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत छ । फिल्म गत दशैंको फूलपातीमा रिलिज भएको थियो । यसको सफलतासँगै ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा पनि गरिएको थियो ।

सिनेमाघर एपमा ’पशुपति प्रसाद २ः भष्मे डन’ सँगै ‘जय भोले’, ‘महापुरुष’, ‘जारी’, ‘पानी फोटो’, ‘चपली हाइट ३’ लगायतका फिल्म उपलब्ध छन् । सिनेमाघर एप एन्ड्रोइड र आइओस मोबाइलसँगै सामसुङ, एलजी, गुगल, अमेजन लगायतका टेलिभिजनहरूमा पनि डाउनलोड गर्न सकिन्छ ।

‘पशुपति प्रसाद २ः भष्मे डन’ हेर्न दर्शकले १ सय ९९ नेपाली रुपैंयाँ तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत फिल्म हेर्न सकिन्छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *