मनोरञ्जन - Hitkhabar https://hitkhabar.com/category/entertainment/ The new era of Information Fri, 26 Apr 2024 12:38:30 +0000 en-US hourly 1 https://hitkhabar.com/wp-content/uploads/2018/04/cropped-hitkhabar-32x32.jpg मनोरञ्जन - Hitkhabar https://hitkhabar.com/category/entertainment/ 32 32 ‘ज्वाइँ साब’को छायांकन बैशाख अन्तिम साता https://hitkhabar.com/son-in-law/ https://hitkhabar.com/son-in-law/#respond Fri, 26 Apr 2024 09:26:46 +0000 https://hitkhabar.com/?p=28261

वैशाख १४, २०८१ ।  रेडआइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको फिल्म ‘ज्वाइँ साब’को वर्कशप काठमाडौंमा धमाधम

The post ‘ज्वाइँ साब’को छायांकन बैशाख अन्तिम साता first appeared on Hitkhabar.

The post ‘ज्वाइँ साब’को छायांकन बैशाख अन्तिम साता appeared first on Hitkhabar.

]]>

वैशाख १४, २०८१ ।  रेडआइ फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको फिल्म ‘ज्वाइँ साब’को वर्कशप काठमाडौंमा धमाधम चलिरहेको छ ।

निर्देशक वसन्त निरौलाका अनुसार फिल्ममा अनुबन्धित भएका कलाकारले फिल्म छायांकनमा जानु अघिको पूर्वतयारीका लागि वर्कसप चलाइएको हो ।

राजकुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको फिल्मको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुनेछ । फिल्म काठमाडौं बाहिरका लोकेसनमा खिचिनेछ ।

वर्कशपमा मुख्य कलाकार जितु नेपाल, नीति शाह, विल्सनविक्रम राई, हिमेश पन्त लगायत छन् । मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन् ।

सविन अधिकारीको कथा रहेको फिल्ममा शंकर धितालको पटकथा तथा संवाद छ । फिल्मको शीर्ष भूमिकामा जितु नेपाल छन् । फिल्म यसै वर्षको तिहारमा रिलिज हुनेछ ।

The post ‘ज्वाइँ साब’को छायांकन बैशाख अन्तिम साता first appeared on Hitkhabar.

The post ‘ज्वाइँ साब’को छायांकन बैशाख अन्तिम साता appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/son-in-law/feed/ 0
गायक लामाले आम्दानीको २० प्रतिशत समाज सेवामा खर्चिने https://hitkhabar.com/singer-vijay-lama/ https://hitkhabar.com/singer-vijay-lama/#respond Thu, 25 Apr 2024 08:53:56 +0000 https://hitkhabar.com/?p=28167

वैशाख १३, २०८१ । गायक विजय लामाले ‘याङ्गजीन साङ्गे’ नामक फाउण्डेसन संचालनमा ल्याएका छन् । फाउण्डेसन संचालनमा ल्याएर समाजसेवामा लागेका

The post गायक लामाले आम्दानीको २० प्रतिशत समाज सेवामा खर्चिने first appeared on Hitkhabar.

The post गायक लामाले आम्दानीको २० प्रतिशत समाज सेवामा खर्चिने appeared first on Hitkhabar.

]]>

वैशाख १३, २०८१ । गायक विजय लामाले ‘याङ्गजीन साङ्गे’ नामक फाउण्डेसन संचालनमा ल्याएका छन् । फाउण्डेसन संचालनमा ल्याएर समाजसेवामा लागेका गायक लामाले आफुले देश विदेशमा हुने सांगीतिक कार्यक्रमबाट आर्जन गरेको पारिश्रमिकबाट २० प्रतिशत फाउण्डेसनका लागि छुट्याउने बताएका छन्।

‘नखानु पानी तोङबाको’, ‘उँभो उँभो लेकमा म जाँदा’, ‘रोसी खोला पारी मेरो मामा’, ‘माया है बस्ला रसैले’लगायतका कैयौँ हिट गीतका गायक लामाले स्वर्गीय दिदी र भान्जाको नाममा फाउण्डेसन संचालनमा ल्याएको बताए । विशेषगरी दुर्गम क्षेत्रमा रहेका पाठेघरको क्यान्सर पीडित महिलाहरुको उपचारमा सहयोग गर्ने फाउन्डेसनले जनाएको छ । त्यस्तै देशभरका गरिब, दुःखी र बाबु आमा नभएका असहायहरुका लागि पनि काम लामाले जानकारी दिए ।

त्यस्तै बृद्धा आश्रम र बाल आश्रममा पनि सहयोग गर्नेछ भने फाउण्डेसनले लागू औषध तथा दुब्र्यसनीमा फसेका युवायुवतीहरुको क्षेत्रमा उनीहरुलाई सामान्य जीवनमा फर्काउनका लागि भूमिका खेल्नेपनि जनाइएको छ । फाउण्डेसनले मन्दिर र भगवानका मूर्तिहरु, गुम्बा, स्तुपाहरू बनाउने तथा आर्थिक सहयोग जनाइएको छ । ।

त्यस्तै फाउण्डेसनले याङ्गजीन साङ्गे मेमोरियल पार्क गायक लामाकै गृह जिल्ला काभ्रेमा निर्माणको तयारी गरेको छ ।
फाउण्डेसन गायक लामाको परिवार भित्रका व्यक्तिहरुले संचालन गर्ने र लाग्ने खर्च सबै आफैंले बेहोर्ने छन् । संसाभर रहेका गायक लामाका शुभचिन्तक र साथीभाई आफन्तबाट पनि सहयोग लिएर अघि बढ्ने उनको योजना छ । अहिले संसारभर रहेका उनका शुभेच्छुकहरु फाउण्डेसनको सदस्य बन्ने क्रम जारी रहेको गायक लामा बताउँछन् ।

गायक लामा भन्छन्, ‘भान्जा र दिदीको नाममा याङ्गजीन साङ्गे फाउण्डेशन खोलेर म सामाजिक काममा जोडिएको हुँ ।’ ‘उनीहरुको आत्माको शान्तिको कामनाका लागि मैले अबका लागि समाजसेवामा धेरै काम गर्नेछु,’ उनले भने । गायक लामाकी माईली दिदी याङ्गजीन लामाको क्यान्सरले निधन भएको केही समयमा उनले भान्जा साङ्गे रेन्जिन लामालाई पनि हृदयघातबाट गुमाएसँगै दिदी र भान्जाको सपनासँग भावनात्मक हिसाबले जोडिन पुगेपछि फाउण्डेसन संचालनमा ल्याएका हुन् ।

गायक लामाका दिदी र भान्जाको अमेरिकामा निधन भएको हो । लामा पछिल्ला दिन देश विदेशमा हुने सांगीतिक कार्यक्रमका अलावा आफ्नो नियमित व्यबसायमा पनि व्यस्त छन् । हालसम्म चारसय बढी गीतमा स्वर भरिसकेका गायक लामा अमेरिकाको लामो समयको भ्रमणपछी नयाँ एल्बम बजारमा ल्याउने तयारीमा छन् । त्यसका लागि उनले गीत रेकर्डिङ गरिरहेको बताए ।

The post गायक लामाले आम्दानीको २० प्रतिशत समाज सेवामा खर्चिने first appeared on Hitkhabar.

The post गायक लामाले आम्दानीको २० प्रतिशत समाज सेवामा खर्चिने appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/singer-vijay-lama/feed/ 0
महाजात्रा’को विश्वव्यापी ग्रस २६ करोड ६५ लाख https://hitkhabar.com/mahajatra-3/ https://hitkhabar.com/mahajatra-3/#respond Fri, 19 Apr 2024 08:12:14 +0000 https://hitkhabar.com/?p=27696

वैशाख ७, २०८१ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको शुक्रबारबा पाचौँ सातामा

The post महाजात्रा’को विश्वव्यापी ग्रस २६ करोड ६५ लाख first appeared on Hitkhabar.

The post महाजात्रा’को विश्वव्यापी ग्रस २६ करोड ६५ लाख appeared first on Hitkhabar.

]]>

वैशाख ७, २०८१ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको शुक्रबारबा पाचौँ सातामा प्रवेश गरेको छ । फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १० करोड ७५ लाख रुपैयाँको व्यापार गर्दै विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।

नेपालमा षट्कोण आर्ट्सबाट निर्मित अघिल्ला फिल्मको रेकर्ड तोडेको फिल्म ‘महाजात्रा’ अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ ।

फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले अन्तर्राष्ट्रियबजारमा बलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा आफूसहित सम्पूर्ण टिम हर्षित भएको बताए ।

अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेन्मेन्टका अनुसार नेपालपछि अष्ट्रेलियामा ९० बढी शो, अमेरिकामा ६५ बढी शो, न्युजिल्यान्डमा १४ शो, युरोप अन्तर्गतका देशमा ५० शो, क्यानडामा १२ शो, जापानमा १५ शो र दक्षिण कोरियामा १२ शो भईसकेको छ ।

यस्तै, अष्टेलियाको सिड्नीमा अत्यधिक प्रदर्शन हुने नेपाली फिल्म ‘महाजात्रा’ बनेको छ । अप्रिल २१ सम्मको यसको कुल ३३ शो सेड्युल गरिएको छ । यति शो अहिलेसम्म सिड्नीमा कुनै नेपाली फिल्मको गरिएको छैन ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् । षट्कोण आर्ट्सले विसं २०८२ को दसैँमा नयाँ फिल्म दर्शक माँझ ल्याउने घोषणा समेत गरेको छ ।

The post महाजात्रा’को विश्वव्यापी ग्रस २६ करोड ६५ लाख first appeared on Hitkhabar.

The post महाजात्रा’को विश्वव्यापी ग्रस २६ करोड ६५ लाख appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/mahajatra-3/feed/ 0
अभिनेता आमिर खानले दिए डीपफेक भिडियोविरुद्ध उजुरी https://hitkhabar.com/bollywood-actor-aamir-khan/ https://hitkhabar.com/bollywood-actor-aamir-khan/#respond Wed, 17 Apr 2024 02:32:53 +0000 https://hitkhabar.com/?p=27526

वैशाख ५, २०८१ । बलिउड अभिनेता आमिर खानले कुनै पनि राजनीतिक दलको समर्थनमा आफू नरहेको स्पष्ट पारेका छन् । भारतमा

The post अभिनेता आमिर खानले दिए डीपफेक भिडियोविरुद्ध उजुरी first appeared on Hitkhabar.

The post अभिनेता आमिर खानले दिए डीपफेक भिडियोविरुद्ध उजुरी appeared first on Hitkhabar.

]]>

वैशाख ५, २०८१ । बलिउड अभिनेता आमिर खानले कुनै पनि राजनीतिक दलको समर्थनमा आफू नरहेको स्पष्ट पारेका छन् । भारतमा नजिकिँदै गरेको निर्वाचनमा आमिर यतिबेला एक राजनीतिक दललाई समर्थन गरेको डीपफेक भिडियोको सिकार बनेका छन् ।

हालै एक राजनीतिक पार्टीले चुनावी प्रचारका लागि अभिनेताको एक भिडियो बनाएको छ । यो भिडियो सार्वजनिक भएपछि अधिकांशले आमिरले उक्त पार्टीलाई समर्थन गरेको चर्चा चुलिएको छ । आमिरले यो मामलामा प्रहरीमा उजुरी दिँदै एक विज्ञप्ती जारी गरेका छन् । उनले विज्ञप्तीमा कुनै पनि राजनीतिक दल प्रति आफ्नो लेनादेना नरहेको उल्लेख गरेका छन् ।

मंगलबार आमिरका आधिकारिक प्रवक्ताले एक विज्ञप्ती जारी गर्दै उक्त विशेष क्लिप ‘झुठो’ रहेको बताएका छन् । उनले अभिनेता आमिरले यो विषयमा मुम्बई प्रहरीमा एफआईआर पनि दर्ता गराएको उल्लेख गरेका छन् ।

‘हामी स्पष्ट पार्न चाहन्छौं कि आमिर खानले आफ्नो ३५ वर्षे करियरमा कहिल्यै पनि कुनै राजनीतिक दलको समर्थन गरेनन् । उनले पछिल्ला कैयौं चुनावमा चुनाव आयोगको जन जागरुकता अभियानको माध्यमबाट जागरुकता बढाउने प्रयास गरेका छन् । हामी हालै भाइरल भिडियोबाट चिन्तित छौं । भिडियोमा आमिर खान एक विशेष राजनीतिक दललाई बढावा दिइरहेको आरोप छ । हामी यो स्पष्ट पार्न चाहन्छौं कि त्यो फर्जी भिडियो हो र पूर्ण रुपमा झुठो हो’, विज्ञप्तीमा उल्लेख छ ।

कामको कुरा गर्दा आमिर चाँडै ‘सितारे जमीन पर’मा देखिँदैछन् । यसबाहेक उनी ‘लाहोर १९४७’ निर्माण गर्दैछन् । उनको पछिल्लो रिलिज फिल्म ‘लाल सिंह चढ्ढा’ हो ।

The post अभिनेता आमिर खानले दिए डीपफेक भिडियोविरुद्ध उजुरी first appeared on Hitkhabar.

The post अभिनेता आमिर खानले दिए डीपफेक भिडियोविरुद्ध उजुरी appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/bollywood-actor-aamir-khan/feed/ 0
छोरी सुहानाका लागि शाहरुखको दुईसय करोड लगानी https://hitkhabar.com/actor-shah-rukh-khan/ https://hitkhabar.com/actor-shah-rukh-khan/#respond Tue, 16 Apr 2024 09:30:29 +0000 https://hitkhabar.com/?p=27494

वैशाख ४, २०८१ । अभिनेता शाहरुख खान यतिबेला सुजोय घोषको एक्सन फिल्म ‘किंग’को काम गरिरहेका छन् । फिल्मबाट उनकी छोरी

The post छोरी सुहानाका लागि शाहरुखको दुईसय करोड लगानी first appeared on Hitkhabar.

The post छोरी सुहानाका लागि शाहरुखको दुईसय करोड लगानी appeared first on Hitkhabar.

]]>

वैशाख ४, २०८१ । अभिनेता शाहरुख खान यतिबेला सुजोय घोषको एक्सन फिल्म ‘किंग’को काम गरिरहेका छन् । फिल्मबाट उनकी छोरी सुहाना खान ठूलो पर्दामा ‘डेब्यू’ गर्ने तयारीमा छिन् ।

फिल्मलाई शाहरुखले आफ्नो व्यानर रेड चिलिज इन्टरटेनमेन्टमार्फत बनाउँदैछन् । हाल प्रि–प्रोडक्सन चरणमा रहेको फिल्ममा शाहरुखले दुईसय करोड लगानी गर्दैछन् ।

फिल्मका लागि शाहरुखको टिम एक वर्षयता गृहकार्य गरिरहेको छ । छोरीको डेब्यू हुने भएपछि शाहरुखले फिल्मलाई ठूलोस्केलमा बनाउनका लागि कुनै कसर बाँकी राखेका छैनन् । फिल्मसँग जोडिएका निर्माता तथा निर्देशक सिद्धार्थ आनन्द केही अन्तर्राष्ट्रिय स्टन्ट निर्देशकलाई फिल्ममा जोड्न लागिपरेका छन् ।

सिद्धार्थ र शाहरुख एकसाथ मिलेर फिल्मलाई ग्लोबल एक्सन थ्रिलर बनाउने तयारीमा छन् । त्यहीकारण उनीहरु अन्तर्राष्ट्रिय स्टन्ट विज्ञसँग फिल्मका लागि स्टन्ट डिजाइन गरिरहेका छन् । उनीहरु भीएफएक्सका माध्यमबाट फिल्मलाई रियल टच दिन चाहिरहेका छन् ।

फिल्म ‘किंग’को सुटिङ यसै वर्षको मेमा सुरु हुँदैछ । निर्माताहरु यसै वर्षको ६ महिना सुटिङ गरेर आगामी वर्षको ६ महिनामा यसलाई दर्शकमाझ ल्याउने योजनामा छन् ।

सुहानाले गत वर्ष नेटफ्लिक्समा रिलिज फिल्म ‘द आर्चिज’बाट ओटीटी डेब्यू गरेकी थिइन् । फिल्ममा उनले वेरोनिकाको भूमिका निभाएकी थिइन् ।

The post छोरी सुहानाका लागि शाहरुखको दुईसय करोड लगानी first appeared on Hitkhabar.

The post छोरी सुहानाका लागि शाहरुखको दुईसय करोड लगानी appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/actor-shah-rukh-khan/feed/ 0
सलमानको निवास बाहिर हवाई फायरिङ https://hitkhabar.com/aerial-firing-outside-salman-khans-mumbai-residence/ https://hitkhabar.com/aerial-firing-outside-salman-khans-mumbai-residence/#respond Sun, 14 Apr 2024 03:51:24 +0000 https://hitkhabar.com/?p=27314

वैशाख २, २०८१ । अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ । आइतबार बिहान ५ बजे मोटरसाइकलमा

The post सलमानको निवास बाहिर हवाई फायरिङ first appeared on Hitkhabar.

The post सलमानको निवास बाहिर हवाई फायरिङ appeared first on Hitkhabar.

]]>

वैशाख २, २०८१ । अभिनेता सलमान खानको मुम्बईस्थित निवास बाहिर हवाई फायरिङ भएको छ । आइतबार बिहान ५ बजे मोटरसाइकलमा आएको एक अज्ञात व्यक्तिले बान्द्रामा रहेको सलमानको घर बाहिर २–३ राउण्ड हवाई फायरिङ गरेर फरार भएका छन् । यो घटनापछि मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

मुम्बई प्रहरीले कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले लोरेन्स बिश्नोई जेलमै भए पनि बाहिर रहेको उनको समूहले फायरिङ गरेको हुनसक्ने अनुमान लगाएको छ । अहिले प्रहरीले सलमानको सुरक्षालाई थप बढाएको छ ।

अभिनेता सलमानलाई ग्याङस्टार लरेन्स बिश्नोईले कैयौं पटक ज्यानको धम्की दिइसकेको छ । त्यसकारण फायरिङ पनि उसकै समूहले गराएको दाबी प्रहरीको छ ।

The post सलमानको निवास बाहिर हवाई फायरिङ first appeared on Hitkhabar.

The post सलमानको निवास बाहिर हवाई फायरिङ appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/aerial-firing-outside-salman-khans-mumbai-residence/feed/ 0
फिल्म ‘१२ वी फेल’को ‘सिल्भर जुबली’ रेकर्ड https://hitkhabar.com/bollywood/ https://hitkhabar.com/bollywood/#respond Sun, 14 Apr 2024 02:56:11 +0000 https://hitkhabar.com/?p=27310

वैशाख २, २०८१ । बलिउडमा यस्ता कैयौं फिल्म बनेका छन्, जसको चर्चा लामो समयसम्म चलिरहन्छ । उनीहरुको चर्चा मात्र होइन,

The post फिल्म ‘१२ वी फेल’को ‘सिल्भर जुबली’ रेकर्ड first appeared on Hitkhabar.

The post फिल्म ‘१२ वी फेल’को ‘सिल्भर जुबली’ रेकर्ड appeared first on Hitkhabar.

]]>

वैशाख २, २०८१ । बलिउडमा यस्ता कैयौं फिल्म बनेका छन्, जसको चर्चा लामो समयसम्म चलिरहन्छ । उनीहरुको चर्चा मात्र होइन, थिएटरमा पनि महिनौंसम्म प्रदर्शन भइरहन्छ । अब यो चर्चामा निर्देशक विधु विनोद चोपडाको सुपरहिट फिल्म ‘१२ वी फेल’ पनि जोडिएको छ ।

पछिल्लो २५ सातादेखि विक्रान्त मेसी र मेधा शंकरको यो फिल्मले लगातार दर्शकलाई मनोरञ्जन दिइरहेको छ । अहिले फिल्मले रिलिजको ‘सिल्भर जुबली’ पुरा गरेको छ ।

फिल्मले थिएटरमा ‘सिल्भर जुबली’ मनाएको अवसर पारेर विधु विनोद चोपडले आफ्नो अफिसियल इन्स्टाग्राम हेण्डलमा एक पोस्ट शेयर गरेका छन् । पोस्टमा उनले २३ वर्ष यता कुनै पनि हिन्दी फिल्मले नबनाएको रेकर्ड ‘१२ वी फेल’ले बनाएको उल्लेख गरेका छन् ।

यसअघि सन २००१ मा रिलिज सनी देओल र अमीषा पटेलको फिल्म ‘गदर–एक प्रेम कथा’ले यो कीर्तिमान बनाएको थियो । यो फिल्म २५ हप्तासम्म थिएटरमा प्रदर्शन भएको थियो ।

यो फिल्म गत वर्षको २७ अक्टोबरमा रिलिज भएको थियो । २० करोड बजेटमा निर्माण भएको फिल्मले बक्स अफिसमा ७० करोड नेट कलेक्सन गरेर आफूलाई बम्पर फिल्मको रुपमा स्थापित गरेको थियो ।

The post फिल्म ‘१२ वी फेल’को ‘सिल्भर जुबली’ रेकर्ड first appeared on Hitkhabar.

The post फिल्म ‘१२ वी फेल’को ‘सिल्भर जुबली’ रेकर्ड appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/bollywood/feed/ 0
पूर्वी नेपालबाट नयाँ वर्षको स्वागतसहित नेपथ्य सांगीतिक यात्रा https://hitkhabar.com/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a5%80-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d/ https://hitkhabar.com/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a5%80-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d/#respond Sat, 13 Apr 2024 12:29:45 +0000 https://hitkhabar.com/?p=27249

वैशाख १, २०८१ । डोमालाल रंगशालामा शुक्रबार लोक रक ब्याण्ड नेपथ्यको कन्सर्ट हेर्दैगर्दा अधिकांश युवायुवतीहरु भनिरहेका थिए, ‘नयाँ वर्षको स्वागत गजब

The post पूर्वी नेपालबाट नयाँ वर्षको स्वागतसहित नेपथ्य सांगीतिक यात्रा first appeared on Hitkhabar.

The post पूर्वी नेपालबाट नयाँ वर्षको स्वागतसहित नेपथ्य सांगीतिक यात्रा appeared first on Hitkhabar.

]]>

वैशाख १, २०८१ । डोमालाल रंगशालामा शुक्रबार लोक रक ब्याण्ड नेपथ्यको कन्सर्ट हेर्दैगर्दा अधिकांश युवायुवतीहरु भनिरहेका थिए, ‘नयाँ वर्षको स्वागत गजब रमाइलोसँग भयो ।’

अघिल्लो रात बेतोडको वर्षाले पूर्वी तराइको धुवाँधुलोलाई पखाल्नेमात्र होइन चैत अन्तिमको उखरमाउलो गर्मीलाई थोरै राहतमा पनि परिणत गरिदिएको थियो । यसरी वर्षकै अन्तिम साँझ मौसमी अनुकूलताका बीच ठीक साढे ६ बजे कन्सर्ट प्रारम्भ भयो ।

ब्याण्डले पूर्वी भेगबाटै संकलित ‘कोशीको पानी यो जिन्दगानी’बाट कार्यक्रमको थालनी गरेको थियो । नेपथ्यका अधिकांश प्रस्तुतिहरुमा मध्यतिर मात्र देखिने दर्शकहरुको चर्को उत्तेजना अनि जताततै नृत्यको दृश्य यसपाला बिर्तामोडमा भने प्रारम्भदेखि देख्न पाइयो ।

अघिल्लो लहरमै उभिएर सुरुदेखि नृत्य गर्ने समूहमा बिर्तामोड–६ की रेशु भुजेल देखिन्थिन् । उत्तिकै नाच्ने साथीहरु सीमा र प्रतिमाका साथमा आएकी रेशुले कार्यक्रमबारे प्रतिक्रिया दिने क्रममा दुइवटै हातका बुढी औंला उचालिन्, आँखा झिमिक्क पारिन् र भनिन् –गज्जब । ‘कोशीको पानी’ पछि क्रमैसँग ‘भेडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ सुनाएपछि नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले दर्शकहरुसँग संवादको थालनी गरे ।

‘बिर्तामोडको यो मञ्चबाट संसारभर फैलिएका नेपालीहरुलाई नयाँ वर्ष २०८१ को शुभकामना दिन चाहन्छु,’ उनले दर्शकहरुतर्फ हात फैलाउँदै भने, ‘भोलि यो पूर्वी भेगबाट हुने सूर्योदयले हामी सबैको जीवनमा सुख र शान्ति ल्याओस् ।’

कार्यक्रम सुरु हुनुभन्दा दुई घन्टा अगावैदेखि मैदानमा उपस्थित भएर साथीहरुसँग रमाइलो गरिरहेका देखिने बिर्तामोडका दर्शकहरु अन्य कतिपय मामलामा पनि विशिष्ट देखिन्थे । पहिरनदेखि लिएर संगीत अनुकूल शरीरका बान्कीहरुसम्म मिलेको देख्दा यो सहरमा पश्चिमा सांगीतिक जमघटको प्रभाव भित्रिएको महसुस हुन्थ्यो ।

कार्यक्रममा त्यसपछि अमृतले ब्याण्डको पहिलो रेकर्ड गरिएको गीत प्रस्तुत गर्ने अनुमति माग्दै ‘आँगनैभरि’ सुनाए । त्यसलाई ‘लामपाते सुरती’ र ‘चरि म¥यो सिसैको गोलीले’ गीतले निरन्तरता दिएको थियो ।

कार्यक्रम अघि बढ्दै जाँदा एक ठाउँमा अमृतले हालै मात्र रेकर्ड गरिएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ गीत गाइरहेका थिए । त्यसमा करिब २० वर्षकी सरिता पाठक आनन्द लिएर नृत्य गरिरहेकी थिइन् । त्यतिबेलै अमृतले गीतमा व्यक्त गरिएकै भावमा मन्त्रपाठ सुरुगर्दा सरिताले अचम्म मानेर गायकलाई हेर्दै हाँसिरहेको दृश्य निकै रोचक देखिन्थ्यो । मन्त्र सकिनेबित्तिकै हाँस्दा हाँस्दै सरिता फेरि नृत्य गर्न थालेकी थिइन् । उक्त गीत सकिएपछि आफू कन्सर्ट हेर्नका निम्ति बुधबारेदेखि आएको जानकारी पनि उनले दिइन् ।

यसरी सांगीतिक यात्रा गर्दा गायक अमृतले ती सहरमा बसोबास गरेर सिंगो राष्ट्रलाई योगदान दिइरहेका सर्जकहरुसँग भेटघाटको क्रमलाई पनि निरन्तरता दिइरहेकै हुन्छन् । बिर्तामोड नेपाली संगीत र साहित्यको सेवामा समर्पित कतिपय सर्जकहरुको कर्मथलो पनि हो । अघिल्लो दिन मात्रै अमृतले पुराना गीतकार शिवशंकर थापालाई उनको घरैमा गएर भेटेका थिए । कयौं कालजयी गीतहरुका सर्जक थापाले त्यस अवसरमा नेपाली लोक संगीतलाई नयाँ पुस्तासम्म लैजान नेपथ्यले दिँदैआएको योगदानको प्रशंसा गरेका थिए ।

शुक्रबारको कन्सर्टमा अमृतले पूर्वदेखि पश्चिम कुनासम्मबाट पैदल यात्रा गर्दै संकलन गरेका गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रम हेर्नका निम्ति सीमावर्ती भारतीय बस्तीहरु हँुदै सिक्किम र भुटान छेउको जयगाउँसम्मका दर्शकहरु आएका देखिन्थे ।

कार्यक्रमको अन्त्य भने सधंैजस्तै नेपाली राष्ट्रिय झण्डाको महिमागान ‘रातो र चन्द्रसूर्य’बाट गरिएको थियो ।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘अघिल्ला दुइपटक जस्तै यसपाला पनि बिर्तामोडले न्यानो स्वागत गरेकामा आभार प्रकट गर्न चाहन्छु,’ कार्यक्रम सकिएपछि अमृतले प्रतिक्रिया दिए । यसरी पूर्वी नेपालबाट नयाँ वर्षको स्वागतसहित निस्किएको नेपथ्य अब यो वर्षभरि शृंखलाबद्ध यात्रा लिएर स्वदेश विदेशका मञ्चहरुमा उपस्थित हुने भएको छ ।

The post पूर्वी नेपालबाट नयाँ वर्षको स्वागतसहित नेपथ्य सांगीतिक यात्रा first appeared on Hitkhabar.

The post पूर्वी नेपालबाट नयाँ वर्षको स्वागतसहित नेपथ्य सांगीतिक यात्रा appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a5%80-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d/feed/ 0
फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा सक्कली हतियार प्रयोग https://hitkhabar.com/movie-bade-mian-chhote-mian/ https://hitkhabar.com/movie-bade-mian-chhote-mian/#respond Thu, 11 Apr 2024 02:58:05 +0000 https://hitkhabar.com/?p=27069

चैत २९, २०८० । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’ बिहीबारबाट विश्वभर रिलिज हुँदैछ ।

The post फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा सक्कली हतियार प्रयोग first appeared on Hitkhabar.

The post फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा सक्कली हतियार प्रयोग appeared first on Hitkhabar.

]]>

चैत २९, २०८० । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’ बिहीबारबाट विश्वभर रिलिज हुँदैछ । एक्सन इन्टरटेनर यो फिल्ममा अधिक एक्सन दृश्य छन् । फिल्म निर्माताले ती दृश्यलाई वास्तविक झैं देखाउनका लागि एक्सन दृश्यमा सक्कली हतियारको प्रयोग गरेका छन् ।

फिल्ममा कारलाई पछ्याउनु, चक्कुको फाइट र धेरै स्टन्ट छन् । फिल्ममा चिनूक, ब्ल्याक हक्स, सी–२३५, हमवीज, ओशकोशेस, मिलिट्री ट्रक, मिलिट्री ल्याण्ड रोबर्स, एटीवी र ट्यांकसहितका हतियार प्रयोग भएका छन् ।

निर्देशक अली अब्बास जफरले फिल्ममा सक्कली हतियार प्रयोग भएको पुष्टि गरेका छन् । ‘योभन्दा अधिक सन्तुष्टि के नै हुनसक्छ र । हामीले वास्तविक लोकेसनमा सक्कली हतियार र उपकरणसँगै सक्कली स्टन्ट सुट गरेका छौं । हामी देशभरका सैनिकप्रति आभारी छौं, जसले हाम्रो फिल्ममा उनीहरुको बन्दुक, ट्यांक, मिलिटरी ट्रक, चिनुक र कैयौं हतियारको प्रयोग गर्न हामीलाई सहयोग गरे’, उनले भनेका छन् ।

उनले उत्कृष्ट प्राविधिक टिम र एक्सन क्रुको सहयोगमा दृश्यलाई वास्तविक देखाउने प्रयास गरिएको बताए । उनका अनुसार फिल्ममा देखाइएको बम ब्लास्ट, हतियार र लोकेसन वास्तविक हुन् ।

The post फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा सक्कली हतियार प्रयोग first appeared on Hitkhabar.

The post फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा सक्कली हतियार प्रयोग appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/movie-bade-mian-chhote-mian/feed/ 0
‘डिग्री माइला : एमए थर्ड क्लास’लाई उच्च शो https://hitkhabar.com/degree-milea-ma-third-class/ https://hitkhabar.com/degree-milea-ma-third-class/#respond Wed, 10 Apr 2024 13:45:53 +0000 https://hitkhabar.com/?p=27040

चैत २८, २०८० । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’लाई थिएटरहरुले उच्च शो दिएका छन् ।

The post ‘डिग्री माइला : एमए थर्ड क्लास’लाई उच्च शो first appeared on Hitkhabar.

The post ‘डिग्री माइला : एमए थर्ड क्लास’लाई उच्च शो appeared first on Hitkhabar.

]]>

चैत २८, २०८० । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’लाई थिएटरहरुले उच्च शो दिएका छन् । निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्मलाई देशको ठूलो हल चेन क्यूएफएक्स बाहेक देशभर ९७ शो दिइएको छ । क्यूएफएक्सले ५८ शो दिइसकेको छ ।

हालसम्म फिल्मले देशभर कुल १ सय ५५ शो पाइसकेको छ । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, सोमनाथ खनाल, बुद्धि तामाङ, कमलमणि नेपाल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ निर्माता तथा क्रिश लामा कार्यकारी निर्माता छन् ।

The post ‘डिग्री माइला : एमए थर्ड क्लास’लाई उच्च शो first appeared on Hitkhabar.

The post ‘डिग्री माइला : एमए थर्ड क्लास’लाई उच्च शो appeared first on Hitkhabar.

]]>
https://hitkhabar.com/degree-milea-ma-third-class/feed/ 0