६ किलो सुन र ४८ लाख रुपैयाँसहित एकजना पक्राउ

Share this news:

असार ३, २०८१ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले ६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक शेरब ग्याल्मो भन्ने सोनाम गुरुङ रहेको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

गुरुङलाई सिआइबीको टोलीले काठमाडौं महानगरपालिका वडा.नम्बर ६ तिनचुली स्थित डेराबाटै आइतबार पक्राउ गरेको हो । सिआइबीले सोनाम गुरुङको डेराबाट एक एक केजीका अवैध ६ थान सुन र नगद ४८ लाख रुपैयाँ समेत बरामद गरेको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *