सभापति देउवा आफैं गुटको संरक्षक भएको गगन थापाको आरोप

Sharing is caring!

मंसिर २७, २०८० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवा आफैं गुटको संरक्षक भएको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा बसेको संस्थापनइतर समूहको भेला पछि सञ्चाकर्मीसँग कुरा गर्दै उनले सभापति देउवाले सबैलाई न्यायपूर्ण व्यवहार गर्नुपर्ने ठाउँमा आफंै एउटा समूहको संरक्षक जस्तो भएको आरोप लगाएका हुन् । ‘पार्टीको सभापतिले सबैलाई न्यायपूर्ण व्यवहार गर्नुपर्ने ठाउँमा आफंै एउटा समूहको संरक्षक जस्तो हुनुभयो ।

आफ्नो समूहमा भएकालाई एउटा व्यवहार, जो आफ्नो समूहमा छैन र अधिवेशनमा आफूलाई मत दिएन उसलाई हेर्ने अर्को नजर भयो,’ उनले भने, ‘यो पटक राष्ट्रिय सभाको टिकट बाँड्दै गर्दा सभापति सिंगो पार्टीको सभापति बन्न सक्नु हुन्छ कि हुन्न भन्ने कुरामा भेलामा छलफल भयो ।’

राष्ट्रियसभाको निर्वाचनको उम्मेदवार छान्न मापदण्ड बनाउनुपर्ने महामन्त्री थापाले बताए । बुधबारको बैठकमा सुशासन र एकपछि अर्को आएको काण्डको विषयमा छलफल गम्भीर छलफल भएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *