दलहरूबीच सहमति र सहकार्य आवश्यक : नेता कृष्ण सिटौला

Sharing is caring!

माघ ४, २०८० । नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले मुलुकमा अहिले दलहरूबीच सहमति र सहकार्यको खाँचो रहेको बताएका छन् ।

संविधान निर्माण भएपनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै नेता सिटौलालाई यसकालागि दलहरूबीच सहमति र सहकार्य आवश्यक रहेको बताए । बुधबार धनकुटाको हिलेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिटौलाले ठूला–ठूला राजनीतिक समस्याहरू सहमति र सहकार्यबाटै समाधान हुन सक्ने बताए ।

‘मुलुकमा यति ठूलो राजनीतिक परिवर्तनपछि हामीले ठूलो संघर्ष र लगानी गरेर संविधान निर्माण गरेका छौँ,’ संविधानसभामा मस्यौदा समितिको संयोजक समेत रहेका सिटौलाले भने, ‘अब संविधानको पूर्ण कार्यान्वयन नहुँदासम्म दलहरूबीच सहकार्य र एकता आवश्यक हुन्छ ।’

उनले अहिले जनतामा देखिएका कतिपय असन्तुष्टिहरू संविधानको पूर्ण कार्यान्वयनबाट प्राप्त हुन सक्ने बताए ।
कार्यक्रममा नेकपा माआोवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्यका उम्मेदवार चम्पादेवी कार्कीले राष्ट्र निर्माणमा सबैै एक भएर लाग्नु पर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *