नयाँ राज्यसत्ता निर्माणका लागि संयुक्त मोर्चा : महासचिव वैद्य

Sharing is caring!

मंसिर १, २०८० । नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्य ‘किरण’ले नयाँ राज्यसत्ता निर्माणका लागि संयुक्त मोर्चा निर्माणको आवश्यकता औल्याएका छन् । नेपाल संवत् ११४४ को अवसरमा आयोजित एक कार्यक्रममा वैद्यले अहिलेको राज्य व्यवस्था भत्काएर नयाँ राज्यव्यवस्था निर्माणका लागि संयुक्त मोर्चा आवश्यक रहेको बताए ।

‘पहिचानसहतिको संघियता भन्ने माओवादीको एउटा पक्ष सरकारमा नै छ । पुरानो राज्यसत्तालाई भत्काएर नयाँ राज्यसत्ताको निमार्णका लागि हामी जनतालाई साथ लिएर सशक्त रुपमा अगाडि बढ्न जरुरी छ ।’ उनले भने ‘जनताको बीचमा भिजेर पुरानो राज्यसत्ता, दलालपुँजीपति वर्ग र बचेका सामन्त वर्गलाई ध्वस्त पारेर, यो संविधानलाई ध्वस्त पार्ने, यो संसदीय व्यवस्थालाई पनि अन्त्य गर्ने गरेर एउटा नयाँ संविधान लेख्ने हिसाबको सम्पूर्ण देशभक्त क्रान्तिकारीहरु र वामपन्थिहरु सबै जनालाई एकतावद्ध बनाएर एउटा गतिलो संयुक्त मोर्चा बनाउँन र राम्रो जलाधार तयार पार्न जरुरी छ । र यो सत्तालाई व्यवस्थाको विकल्प नयाँ संविधानको निमार्ण हो । र त्यो दिशामा हामी जानुपर्छ । हाम्रो पार्टीले त्यही निर्णय गरेको छ ।’

त्यस्तै उनले, संघीयता कार्यान्वयनका लागि समेत संर्घषको विकल्प नभएको बताए। ‘स्थानीय सरकार, प्रदेश सरकार र संघको अधिकार क्षेत्र के हो, यसमा विवाद छ । मुख्यमन्त्रीहरुको एउटा सम्मेलन भएको थियो, उनीहरुले कानून बनाउँनु पर्यो भनेर संघीय सरकारसँग अनुरोध गरे, त्यो कानून अझै बनेको छैन् । अहिले पनि अधिकार क्षेत्र कहाँ कस्को भन्ने छैन् । मधेश प्रदेशले एक महिनाको अल्टिमेटम दिएको छ ।’ उनले भने ‘अब संघीयता मान्ने, अधिकार क्षेत्र कहाँ हो के हो भन्ने कुराको पनि मतलव छैन् । यो नेपाल संवत्का सन्दर्भमा पनि राष्ट्रिय मान्यता दिन भनेर मात्रै हुदैँन् कार्यान्वयनमा लानु पर्छ । त्यो कार्यानवयन गर्नको लागि संघर्ष बाहेकको अरु उपाय छैन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *