सुशासनको अभियान असफल बनाउने प्रयास भईरहेको छ : गृहमन्त्री श्रेष्ठ

Sharing is caring!

भदौ १४, २०८० । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको सुशासनको अभियान असफल बनाउने प्रयासहरु भईरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभा कार्यक्रममा उनले, सरकारले चलाएको सुशासन र भ्रष्टाचारविरोधी गतिविधिलाई असफल बनाउने प्रयास भइरहेको बताए ।

उनले भन्े, ‘यो सुशासनको विरुद्ध ,तागतका विरुद्ध सञ्चालन गरिएको हो । ती प्रवृत्ति र तागतहरु संगठीत भएर यसलाई असफल बनाउने दुश्प्रयत्नहरु पनि गर्दैछन् । तर सरकारले यो सुशासनको अभियानलाई छोड्ने वाला छैन् । यो अभियानबाट विश्राम लिने वाला छैन् ।

उनले सबै युवा तथा आम जनताले सरकारले चालेको सुशासनको कदमलाई समर्थन गरेको र यसले गर्दा समृद्धिको यात्रामा तिव्र भएर अगाडी बढ्न हौसला दिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *