सरकारले नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेको ओलीको टिप्पणी

Share this news:

साउन ३१, २०८० । एमाले अध्यक्ष केपी ओलीले सरकारले नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेको टिप्पणी गरेका छन् ।

पार्टी निकट उद्योग विभागले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक छलफल कार्यक्रममा ओलीले सांसद सुनिल शर्माको गिरफ्तारी नाङ्लो ठटाउने सरकारी प्रयास भएको दाबी गरे ।

उनले भने, एउटा सिटिङ एमपी त्यसमा पनि गठबन्धनको एमपीलाई समातेर दुनियाँलाई तर्साउन खोज्या होइन् यो ? नाङ्लो ठटाएर हात्ती तर्साउने भन्छन् नी । यो नाङ्लो ठटाएको हो । सुनिल शर्माको गिरफ्तारी ।

सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको उनको आरोप छ । ‘तर्सथ सरकार यस्तै छ । यो सरकार राम्रो काम केही गरिराख्या छैन् ।

दिनभरी ऋण खोजेर चुलो बाल्नेले उद्योग खोल्न नसक्ने भन्दै सरकारले मुलुकको आर्थिक अवस्था कमजोर बनाउँदै लगेको आरोप लगाए । सरकारले आर्थिक वर्षको सुरुदेखि नै आन्तरिक ऋण उठाउन थालेको भन्दै अलि पछि के गर्ला भन्दै चिन्ता व्यक्त गरे ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *