सनी देओलमाथि धोकाधडी र जबरजस्ती पैसा असुलेको आरोप

Share this news:

जेठ १७, २०८१ । फिल्म ‘गदर २’बाट कमव्याक गरेपछि अभिनेता सनी देओलको हातमा फिल्मको लाइन नै छ । उनी एक–एक गर्दै फिल्मको सुटिङ पुरा गरिरहेका छन् । यही बीचमा निर्माता सौरभ गुप्ताले सनीविरुद्ध धोकाधडी, झुठो बोलेको र जबरजस्ती पैसा असुलेको आरोप लगाएका छन् ।

उनले हालै एक पत्रकार सम्मेलन गर्दै सनीमाथि यस्तो आरोप लगाएका हुन् । सौरभका अनुसार सनीले सन् २०१६ मा एडभान्स पैसा लिएका थिए र उनको फिल्म फिल्ममा काम गर्ने भन्दै थप पैसा पनि लिएका थिए । तर ‘गदर २’ हिट भएपछि उनले सौरभको फिल्म नगर्ने निर्णय लिए ।

सौरभले सनीले सन् २०१६ मा फिल्म साइन गरेको बताउँदै त्यो समयमा उनको पारिश्रमिक ४ करोड रुपैंयाँ रहेको जनाए । ‘मैले उनलाई १ करोड एडभान्स दिएँ । तर फिल्म सुरु गर्नुको सट्टा उनले ‘पोस्टर ब्वाइज’को सुटिङ सुरु गरे । सनीले मलाई लगातार पैसा मागिरहेको थियो । अहिले मेरो २ दशमलब ५५ करोड रुपैंयाँ सनीको खातामा छ । उनले मलाई अर्को निर्देशकलाई पैसा दिनु पनि भनेका थिए । उनले फिल्मीस्तानको स्टुडियो बुक गर्न र कार्यकारी निर्माता राख्न पनि भने’, सौरभले भनेका छन् ।

सौरभले सनीमाथि फर्जी सम्झौताको पनि आरोप लगाएका छन् । ‘सनीले मेरो कम्पनीसँग सन् २०२३ मा फर्जी सम्झौता गरेका गरेका रहेछन् । जब मैले सम्झौता पत्र पल्टाएँ, त्यो पृष्ठको बीच भाग परिवर्तन गरिएको रहेछ । जहाँ पारिश्रमिक रुपैंयाँ ४ करोडलाई ८ करोड बनाइएको थियो । त्यसको नाफा २ करोड गरिएको थियो’, सौरभले भनेका छन् ।

सौरभको समर्थनमा फिल्म निर्माता सुनील दर्शन पनि देखिएका छन् । ‘सनीले मेरो फिल्म ‘अजय’को ओभरसिज अधिकार वितरणका लागि लिएका थिए । जसको आधा रुपैंयाँमात्र भुक्तान गरेका छन्’, सुनीलले भनेका छन् ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *