लुम्बिनी र मधेश प्रदेशमा तालिम तथा रोजगारको लागि आवेदन खुल्ला

Sharing is caring!

असार ५, २०८० ।  हुलास स्टील–हिप्को सुपरबिल्ड स्टील फ्याब्रिकेशन तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन फारम खुल्ला भएको छ ।

नेपालको श्रम बजारको प्रमुख चुनौतिहरुलाई समाधान गर्न बेलायत सरकारद्वारा सहयोगार्थ रोजगारका लागि सीप कार्यक्रम अन्तरगत नेपालको लुम्बिनी र मधेश प्रदेशमा तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन फारम खुल्न भएको हो ।

यस कार्यक्रमले ४५,००० नेपालीहरुको जीविकोपार्जन उन्नत बनाउने काम गर्दै आईरहेको छ । यो कार्यक्रमलाई दिवाकर गोल्छा कर्परेशन अन्तर्गत हुलास स्टील उद्योग लिमिटेड र हिप्को सुपरबिल्डले संयुक्त रुपमा कार्यान्वयन गर्दै आईरहेको हो । नेपाल उद्योग परिसंघ र मेक ईन नेपाल (स्वदेशी) अभियानले साझेदारी गरेका छन् । यस कार्यक्रमले १ हजार ३४८ जनालाई श्रम बजारको माग अनुरुप तालिम र रोजगार दिन लागेको हो ।

यस तालिम सात दिनको रहने छ । तालिम बिरगंज महानगरपालिका वडा नं ३१ बेलवा परसौनीस्थित हिप्को सुपरबिल्डको कारखानामा दिन लागिएको हो । यस तालिममा बिशेष गरि स्टील – फलामका श्रमिक, महिला, अति निम्न आय भएका व्यक्ति र बिपन्न वर्गलाई लक्षित गरिएको छ ।

तालिममा नेपाली नागरिकता भएका र मधेश प्रदेश र लुम्बिनी प्रदेशमा स्थाई वा अस्थाई रुपमा बसोबास गरिरहेकाहरु सहभागी हुन सक्नेछन् । यो तालिम असारदेखि कार्तिकसम्म हुनेछ ।

लिंकमा जानुहोस् :

https://www.jobejee.com/hulas-hipco-steel-fabrication

Leave a Reply

Your email address will not be published. Required fields are marked *