रू. १ लाख पुरस्कारको शारीरिक सुगठन प्रतियोगिता हुँदै

Sharing is caring!

जेठ १३, २०७६ । भक्तपुरमा १ लाख नगद पुरस्कारसहितको उपत्यकाव्यापी शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । ख्वपः शारीरिक सुगठन तथा फिटनेश एशोसिएशनको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

आगामी जेठ १७ र १८ गते भक्तपुर ब्यांक्वेटमा हुने प्रतियोगितामा १५० खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ । संघका अध्यक्ष पदमलाल शिल्पकारका अनुसार प्रतियोगिताअन्तर्गत ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिको तौल समूहका छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । त्यसबाट एकजना ‘उपत्यका श्री’ छानेर १ लाख रुपैयाँ पुरस्कार दिइनेछ । प्रतियोगिताको तौल समूहगत प्रथम भई ग्रान्ड फाइनल पुगेका सबैलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

त्यस्तै दोस्रोदेखि छैटौंसम्म हुनेले क्रमशः नगद ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताअन्तर्गत पहिलोपटक पुरुषहरूको फिजिक्स प्रतियोगिता हुनेछ । नेपाल शारीरिक सुगठन तथा फिटनेश एशोसिएशनका महासचिव अजय वज्राचार्यका अनुसार यो स्पर्धामा मशल र पर्फर्मेन्सका साथै ब्युटी पनि हेरिन्छ । उक्त स्पर्धाका विजेताले उपाधिसँगै २५ हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *